प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि पक्राउ गरेको छ ।
गृह मन्त्रालयको कीटानी जाहेरीपछि प्रहरीले जरुरी पक्राउ पुर्जी दिएर पूर्वप्रधानमन्त्री ओलीलाई लाई पक्राउ गरेको हो । ओलीलाई पक्राउ गर्न प्रहरी टोली बिहानै गुण्डु पुगेको थियो ।
प्रहरीले पक्राउका लागि लिखित आदेश मागेपछि राती नै गृहसचिव राजकुमार श्रेष्ठ कानुन सचिव परासर ढुंगानालाई लिएर प्रहरी प्रधानकार्यालय पुगेका थिए ।
। आज उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख सन्तोष खड्काको नेतृत्वमा टोली फिल्डमा खटिएको स्रोतले बताएको छ ।



























