गृहमन्त्री सुधन गुरुङको प्रतिक्रिया, ओली र लेखकको पक्राउ प्रतिशोध नभइ न्यायको सुरुवात

पूर्व प्रधानन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक प्रक्राउ परेसँगै गृहमन्त्री सुधन गुरुङले प्रतिक्रिया दिएका छन् ।

आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत गुरुङले ओली र लेखकको पक्राउ प्रतिशोध नभइ न्यायको सुरुवात भएको दाबी गरेका छन् । उनले ‘वाचा वाचा नै हो। कानुनभन्दा माथि कोही छैन,’ गुरुङले लेखेका छन्, ‘पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ। यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो।’

देशले नयाँ दिशा लिने समेत उनले बताएका छन् । ‘मलाई विश्वास छ, अब देशले नयाँ दिशा लिनेछ,’ गृहमन्त्री गुरुङले भनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here