काठमाडौं । काठमाडौंकाे इन्द्रचोकस्थित एक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भक्तपुरको ठिमी नगरपालिका–९ बोडे बस्ने ३० वर्षीय विकेश राजवाहक, काठमाडौं डल्लु बस्ने ३४ वर्षीय अरुण भुजेल र ललितपुरको महालक्ष्मी नगरपालिका–६ घर भएका हरिकृष्ण महर्जन रहेका छन् ।
राजवाहक र भुजेललाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो। तेस्तै महर्जनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनीहरुले १७ वैशाखमा इन्द्रचोकको एक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुट्ने प्रयास गरेका थिए।
उक्त भिडियो भाइरल बनेको थियो ।
पक्राउ परेकाहरुबाट चाइजिज पेस्तोल समेत बरामद भएको छ । पेस्तोलमा लाग्ने म्यागजिन १ थान, गोली १ थान, नक १ थान, घटनामा प्रयोग भएका कपडा र घटनामा प्रयोग भएको स्कुटर पनि बरामद गरिएको छ।






















