काठमाडौं अवतरणका क्रममा टर्किस एयरको ल्याण्डिङ गियरमा आगो

२८ वैशाख, काठमाडौं । काठमाडौंमा अवतरणको क्रममा टर्किस एयरलाइन्सको विमानमा आगो देखिएको छ । आगो दमकल प्रयोग गरी निभाइएको छ ।

विमानमा रहेका सबै यात्रुहरु सुरक्षित रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । यात्रुहरुलाई इर्मेन्सी ढोका खोलेर उद्धार गरिएको छ ।

सो विमानमा चार बच्चासहित २७७ यात्रु थिए । इस्तानबुलबाट काठमाडौं आएको जहाजमा आज बिहान पौने सात बजेतिर अवतरण गर्ने क्रममा टायरमा आगो लागेको थियो । उक्त विमान धावनमार्गमै रोकिएपछि अहिले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान अवतरण प्रभावित भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here