नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ अर्थमन्त्री वाग्लेले दिने

काठमाडौं । सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने भएका छन् ।

प्रतिनिधिसभाको आजको कार्यसूचीमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ अर्थमन्त्रीले दिने उल्लेख छ ।

यता विपक्षी दलहरूले भने नीति तथा कार्यक्रममाथिको छलफल तथा जवाफका लागि विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाह आउन पर्ने माग राखेका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्री अनुपस्थित भएपछि विपक्षीहरूले लगातार नारावाजी र अवरोध गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here