काठमाडौं । प्युठानमा शुक्रबार दिउँसो गाडी दुर्घटना परी दुई जनाको मृत्यु भएको छ।
प्यूठान नगरपालिका–४ का २४ वर्षीय दिलिप परियार र मल्लरानी गाउँपालिका – ५ धुदीका २६ वर्षीय अभिषेक कुँवरको घटनास्थलमै मृत्यु भएको हो।
जिल्लाको माण्डवी गाउँपालिका – १ डामृखोलाको देवीस्थानमा लु.प्र. ०२–००१ ज ०१०४ नम्बरको भ्यान दिउँसो १ बजेतिर सडकबाट झन्डै २०० मिटरमुनि खसेको थिए। जिपमा दुई जना मात्रै सवार थिए।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
