भुपेन्द्र र स्नेहा बने कान्स रेड कार्पेटमा हिंडने पहिलो नेपाली उद्यमी

`
काठमाडौं । डग्सी च्युका संस्थापक भूपेन्द्र खनाल (सीईओ) स्नेह शर्मा (कम्पनीका सीएमओ) कान्स रेड कार्पेटमा हिंड्ने पहिलो नेपाली उद्यमी बनेका छन् । खनाल र शर्मालाई क्यान्स २०२६ मा निमन्त्रणा गरिएको थियो । उनीहरु श्रीमानश्रीमती हुन् ।

कान्स रेड कार्पेट फ्रान्सको कान्सस्थित पालै दे फेस्टिभल्सभित्र रहेको ग्रान्ड थिएटर लुमिएरतर्फ जाने २४ वटा सिँढी ढाक्ने ६० मिटर लामो रातो कार्पेट हो । यो कान्स फिल्म फेस्टिभलको एक महत्वपूर्ण पक्ष हो । त्यहाँ विश्वका चर्चित कलाकार, सेलिब्रेटी तथा फिल्म निर्माता नयाँ चलचित्रको प्रिमियरका लागि भेला हुन्छन् ।

उनीहरूको रेड कार्पेट उपस्थितिमा व्यक्तिगत कथा जोडिएको थियो । दम्पतीले आफ्नो दिवंगत कुकुर ‘मोग्ली’ लाई सम्मान गर्न विशेष परिधान रोजेका थिए, जसको माया र साथले उनीहरूलाई डग्सी च्यु सुरु गर्न प्रेरित गरेको थियो ।

स्नेहको विशेष डिजाइन गरिएको पहिरनको कोर्सेटमा मोग्लीको आकृति कलात्मक रूपमा कढाइ गरिएको थियो । उनको पहिरनको किनारामा हिमाली शैलीको बुनाई प्रयोग गरिएको थियो । भूपेन्द्रको सूटको बाँया छातीमा मोग्लीको प्रतीक समावेश गरिएको थियो, जुन भावनात्मक श्रद्धाञ्जलीका रूपमा प्रस्तुत गरिएको उनको भनाइ छ ।

उनले लगाएको नेपाली टोपीले सांस्कृतिक गौरवको सशक्त प्रतीकका रूपमा विश्वकै चर्चित मञ्चमध्ये एकमा नेपालको पहिचान झल्काएको थियो ।

भारतका अग्रणी पेट वेलनेस ब्रान्डमध्ये एकका संस्थापकका रूपमा अन्तर्राष्ट्रिय बजारमा विस्तार भइरहेको डग्सी च्युको यात्रामा भूपेन्द्र र स्नेहले उद्यमशीलता, साझेदारी, सांस्कृतिक पहिचान र व्यक्तिगत विरासतलाई विश्वस्तरमा लैजान सफल भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here