सीमाक्षेत्र माहाकालीमा ‘गो ब्याक इण्डिया’ भन्दै मोदीको पुत्ला दहन (फोटोफिचर)

पप्पु गुरुङ्ग-दोधारा,२१ कात्तिक । भारतको सीमा क्षेत्र महाकालीमा ‘गो ब्याक इण्डिया’को नारा घन्किएको छ । ‘भारतीय विस्तारवाद विरुद्ध हाम्रो आन्दोलन, सीमा मिच्न पाइदैन, यस्ता छिमेकी चाहिदैन’ भन्ने नाराका साथ भारत विरोधी आन्दोलन माहाकालीमा सुरु भएको हो ।

भारतले आफ्नो नयाँ नक्सामा लिपुलेक र कालापानी समावेश गराएकोमा अहिले नेपाल भर भारतको विरोध भइरहेको अवस्थामा माहाकालीका स्थानियहरु पनि भारत विरोधी नारा लगाउन थालेका छन् ।

माहाकाली नगर क्षेत्रमा ‘गो ब्याक ईन्डिया’ नारा गुञ्जयमान गरिएको छ् । स्थानिय तथा राजनितिक दलका प्रतिनिधीहरुले भारतको बिस्तारबादको चर्को बिरोध गरेका छन् ।

माहाकाली नगरपालिकाको वडा नं. १० कुतियाकवर नेपाल–भारत सिमा बस्तीबाट बिरोध र्‍याली सुरु गरिएको थियो ।

मोटर साईकल, टेम्पोमा सवार राष्ट्र प्रमी नागरिक समाज नामक संस्था, राजनितिक दलका प्रतिनिधी तथा स्थानियहरुले सिमा क्षेत्र कुतियाकवर, सुन्दरनगर तथा माहाकाली नगरपालिका वडा नं. १ जिरोपाईन्टमा समेत र्‍याली लिएर भारतले आफ्नो नयाँ नक्सामा लिपुलेक र कालापानी समावेश गराएको भन्दै कडा बिरोध जनाएका छन् ।

हात–हातमा भारत बिस्तारबाद लेखिएको प्लेकार्ड सहित माहाकाली नगरपालिका वडा नं. १० कुतियाकवर नेपाल–भारत सिमा क्षेत्रबाट सुरु गरिएको भार बिस्तारबाद बिरोध र्‍याली सुन्दरनगर नेपाल–भारतसीमा बस्ती, माहाकाली नगरपालिकाको मुल सडक खण्ड हुदै माहाकाली नगरपालिका वडा नं. १ जिरोपोईण्ट पुगेर माहाकाली नगरपालिका वडा नं.४ स्थित रहेको महाकाली झोलुङ्गे पुलमा कोण सभामा परिणत भएको थियो ।

कोण सभामा भारतको प्रधान मन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरिएको बताईएको छ् । नेपाल कम्युनिष्ट पार्टी माहाकालीका नगर अध्यक्ष किशोर कुमार लिम्बुले बिरोध कार्यक्रममा भारतीय बिस्तारबाद मुर्दाबाद भन्ने नारा लगाउदै तत्काल नक्सा सच्याउन माँग गरेका छन् ।

भारतले गरेको यस्तो गलत कार्यप्रती नेपाल कम्युनिष्ट पार्टी माहाकालीका नगर अध्यक्ष किशोर कुमार लिम्बुले घोर निन्दा गरेका छन् । अर्काको देशको सिमा मिचेर यसरी आफ्नो नक्सामा राख्नु सरासर दादागिरी भएको नेपाल कम्युनिष्ट पार्टी माहाकालीका नगर अध्यक्ष किशोर कुमार लिम्बुले बताए ।

भारतले नेपालको स्वाधीनतामा आँच आउने किसिमले जुन किसिमको नक्सा बनाएको छ, त्यो भारतले सच्याएन भने झनै कडा आन्दोलन नेपाल कम्युनिष्ट पार्टी माहाकालीका नगर अध्यक्ष लिम्बुको भनाई रहेको छ् ।

राष्ट्र प्रमी नागरिक समाज नामक संस्थाले आयोजना गरेको भारत बिरुद्ध बिरोध र्‍यालीमा बिद्यार्थी नेता ओंम बस्नेतले भारतले जारी गरेको नयाँ नक्सामा नेपालको कालापानी क्षेत्रलाई समेत भारतीय भू–भागकै रुपमा आफ्नो नक्शामा समावेश गरेपछि युवाहरु विरोधमा उत्रिएको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here