चालु आर्थिक वर्षको १० महिना साउनदेखि वैशाखसम्ममा रेमिट्यान्समार्फत १९ खर्ब १६ अर्ब रुपैयाँ भित्रिएको छ । गत वर्षको वैशाखको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ४१।२ प्रतिशतले बढेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ । २०८२ वैशाखसम्म रेमिट्यान्स आप्रवाह १३.३ प्रतिशतले बढेको थियो ।
यस्तै, २०८३ वैशाख महिनामा मात्र २ खर्ब ५७ अर्ब ४९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत वर्षको वैशाख महिनामा रेमिट्यान्स आप्रवाह १ खर्ब ६५ अर्ब ३० करोड रहेको थियो ।
वैशाख महिनामा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ३३ प्रतिशतले वृद्धि भई १३ अर्ब २६ करोड पुगेको छ । गत वर्ष यस्तो आप्रवाह १०.६ प्रतिशतले बढेको थियो ।
