जेलमा निःशुल्क खान र बस्न पाइने भन्दै चोरी गर्ने पक्राउ

काठमाडौं, २१ कात्तिक । प्रहरीले जेलमा निःशुल्क खान, बस्न पाइन्छ भन्दै चोरी गर्दै गरेका एक जनालाई पक्राउ गरेको छ ।

रुकुम पश्चिम जिल्लाको मुसीकोट नगरपालिका २ रातामाटाका राजु परियारलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीलाई मुसीकोट नगरपालीका १ खलंगा स्थित एक मोबाइल पसलमा चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

गत कात्तिक १६ गते राति १२ बजे मोबाईल पसलमा चोरी गरेका परियारको साथबाट ३ तीन थान मोबाइल, ३ थान मोबाइलको ब्याट्री र चार हजार तीन सय ८० रुपैयाँ नगद बरामद गरिएको प्रहरीले बताएको छ ।

अघि पनि चोरीको मुद्दामा कैद सजाय पाएका परियारले जेलमा निःशुल्क खाना र बस्न पाइने भएले पुनः चोरी गरेको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here