आजदेखि प्रचलनमा आएको ५ सय दरको नयाँ नोट कस्तो छ ?

राष्ट्र बैंकले आजदेखि पाँच सय दरको नयाँ नोट प्रचलनमा ल्याएको छ । राष्ट्र बैंकले ५ सय रुपैयाँ दरको साविककै आकार तथा रङ्गमा नयाँ नोट प्रचलनमा ल्याएको हो । ‘नोटमा सङ्केत नं. झ ३८ ०००००१ देखि ट ८३ ९९९९९९ सम्म भएको भएको नोट सम्बत् २०८३ साल असार महिना ३ गते देखि चलनचल्तीमा ल्याउने हुँदा सर्वसाधारणको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ,’ राष्ट्र बैंकको सूचनामा भनिएको छ ।
यस्तो छ नोटको विशेषता

नोटको अग्र भागमा ः

१. नोटको मध्य खण्डमा “श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५०० रुपैयाँ पाँच सय तुरुन्त पाइने छ ।” भन्ने प्रतिज्ञामूलक वाक्यांश उल्लेख भएको ।

२. नोटको बायाँतर्पm सगरमाथा हिमालको चित्र तथा दायाँतर्पm लालीगुराँसको पानी छाप रहेकोर तल्लो खण्डमा सिरिज नम्बर “वि.सं. २०८२” लेखिएको । साथै, पानीछापको बायाँतर्फ फरक क्षमता भएका (दृष्टिविहीन) हरुले स्पर्श गरेर नोटको दर पहिचान गर्नका लागि दुईवटा कालो थोप्लाहरु रहेका ।

३. सगरमाथा हिमालको दायाँतर्फ अण्डाकार आकृतिभित्र सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने कुबेरको चित्र रहेको ।

४. नोटमा गभर्नर प्रा.डा. विश्वनाथ पौडेलकोदस्तखत रहेको ।

५. नोटमा ३.५ मि.मी. चौडा भएको सीधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखिने सुरक्षण धागो रहेको ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here