तोलामा १४ सय रुपैयाँले बढ्याे सुनकाे भाउ

फाइलफोटो

काठमाडौं । सोमबार स्थानीय बजारमा सुनचाँदीको भाउ बढेको छ । आज सुनको भाउ तोलामा १४ सय रुपैयाँ बढेको हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ७ सय रुपैयाँ ताेकिएकाे छ । अघिल्लो दिन २ लाख ८७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदी आज तोलामा ४० रुपैयाँ बढेको छ । आइतबार प्रतितोला ४ हजार ६९० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ७३० रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here