नेपालमा सञ्चालित १५ विदेशी शैक्षिक संस्था खारेज,कुन-कुन परे ? (सूचीसहित)

काठमाडौं,२१ कात्तिक । सरकारले विदेशी लगानीमा अवैधरुपमा सञ्चालनमा रहेका १५ निजी विद्यालयलाई खारेज गर्ने प्रक्रिया अघि बढाएको छ ।

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपालमा चलिरहेका कलेजहरुले प्रक्रिया नै पूरा नगरी शैक्षिक कार्यक्रम सञ्चालन गरेको भन्दै खारेजी गर्ने तयारी गरेको बताएका हुन् ।

सच्चिनको लागि १५ दिनभित्र प्रक्रियामा आउन सरकारले अल्टिमेटम दिएको छ । मन्त्री पोखरेलले प्रक्रियामा नगएका ती संस्थाहलरुलाई १५ दिनभित्र प्रक्रियामा आउन निर्देशन दिए पनि उनीहरुले अटेर गरेपछि खारेजीको तयारी गरेको बताए ।

‘हामीले एक पटकलाई मौका नदिइ खारेज गर्न मिल्दैन’ बिहीबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा ‘राष्ट्रिय शिक्षा नीति २०७६’ जारी गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले भने , ‘१५ दिनभित्र पनि प्रक्रिया नगरे खारेज गर्छौँ ।’

खारेज गर्न लागिएका कलेजहरुमा पेन्टागन एजुकेशन कलेज काठमाडौं, ब्रिज वाटर इन्टरनेशनल सिनामंगल, वाइल्ड इन्टुच्युड अफ एडभान्स काठमाडौं, माल्पी इन्टरनेशनल कलेज काठमाडौं, क्यापिटल कलेज काठमाडौं, एभेरेष्ट एजुकेशन काठमाडौं भ्याली काठमाडौं, पोलिगन कलेज काठमाडौं, एपेक्स लाइफ स्कुल, साउथ वेस्टन काठमाडौं, स्काइ इन्टरनेशनल कलेज बुटवल, वेस्टन मेगा कलेज बुटवल, वेष्ट्रन विजनेश कलेज धनगढी र कसमस इन्टरनेशनल कलेज पोखरा रहेका छन् ।

काठमाडौं बाहिरको वुटवलको स्काइ इन्टरनेशनल कलेज र वेस्टर्न मेगा कलेज, धनगढीको वेस्टर्न इनटरनेशनल विज्नेस स्कुल तथा पोखराको कसमस इन्टरनेशनल कलेज र गण्डकी बोर्डिङ हाइअर सेकेण्डरी स्कुल रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here