विश्वकप छनोटः भुटानमा खेल्न कुवेतले मानेन्,एन्फा संकटमा

काठमाडौं, २२ कात्तिक । फिफा विश्वकप २०२२ कतार र एएफसी एसियन कप २०२३ चीनको छनोट प्रतियोगिता अन्तर्गत नेपाल र कुवेतबीचको खेल दशरथ रंगशालामा नहुने भएको छ।

नेपालले मंसिर ३ गते दशरथ रंगशालामा खेल्ने तय गरेपनि रंगशाला पुनर्निमाणमा भएको ढिलाइका कारण नेपाली टोलीले कुवेतविरुद्धको खेल घरेलु मैदानमा खेल्न नपाउने भएको हो ।

नेपालको दशरथ रंगशालामा खेल नहुने भएपछि नेपाल र कुवेतबीचको खेल भुटानमा खेलाउने एन्फाको प्रस्तावलाई कुवेतले अस्वीकार गरेको छ ।

एएफसीले एन्फालाई खेल स्थल परिवर्तन गर्न निर्देशन दिएपछि एन्फाले न्युट्रल भेन्युको रुपमा भुटानलाई प्रस्ताव गरेको थियो । कुवेतले भुटानमा भिषा, चिसो मौसम लगायत समस्या देखाउँदै नखेल्ने जनाएको छ । कुवेतको समस्या देखाउँदै एएफसीले फेरी एन्फालाई अर्को विकल्प दिन पत्राचार गरेको छ ।

एन्फा अहिले नयाँ स्थलको खोजीमा छ । कुवेतको अस्वीकारपछि एन्फालाई थप संकट परेको छ । छनोट अन्तर्गत यसअघि कुवेतमै खेलिएको पहिलो खेलमा नेपाल ७–० गोलले पराजित भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here