राष्ट्रिय सभामा प्रधानमन्त्रीको राजीनामा माग

काठमाडौं । राष्ट्रिय सभा सदस्य विष्णुबहादुर विश्वकर्माले प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन् ।

राष्ट्रिय सभाको शुक्रबारको बैठकको शून्य समयमा बोल्दै उनले सरकारका कारण गणेश नेपालीले आत्मदाह गर्नुपरेको भन्दै प्रधानमन्त्रीको राजीनामा माग गरेका हुन् ।

उनले भने‘जलिरहेको मान्छेलाई घिसारेर, अपराधी झैं घिसारेर हस्पिटल पुर्‍याइन्छ । त्यहाँ भएका पुलिसहरू गणेश नेपाली आगोमा जलिरहँदा भाग्छन्,‘र, उसलाई अपराधी झैं घिसारेर लग्छन् । ती ट्राफिक प्रहरी, नगर प्रहरी र घिसारेर लैजाने प्रहरीलाई कडाभन्दा कडा कारबाही गरियोस् । बालेन सरकार राजीनामा दे ।’

उनले बालेन सरकारको क्रुरताका कारण मुगुका गणेश नेपालीले आगोमा जल्नु परेको आरोप समेत लगाए। उनले भने, ‘यो क्रुर सरकारले कुर्सीमा टाँसी रहनु उचित हो कि होइन ? यदि, नैतिकता छ भने बालेन सरकारले तुरून्त राजीनामा गरेर सडकमा आओस् ।’