भृकुटीमण्डपमा ‘विन्टर फुटवेयर ’ सुरु, ७० प्रतिशतसम्म छुटमा जुत्ताचप्पल

काठमाडौं, २२ कात्तिक । काठमाडौंको भृकुटीमण्डपमा ‘काठमाडौं विन्टर फुटवेयर २०१९’ मेला सुरु भएको छ ।

बिएफ डिअर हिल, शिखर शु तथा रन शु ले संंयुक्त रुपमा मेलाको आयोजना गरेका हुन् । प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले शुक्रवार एक समारोहको बीच मेलाको उद्घाटन गरे ।

आजदेखि चलेको मेलामा नेपालमा चलेका प्रतिष्ठित ब्राण्डका जुत्ताचप्पल एउटै छानामुनि छानेर किन्ने अबसर उपभोक्ताले पाएका छन् ।

मेलामा पार्टी, स्पोर्टस, क्याजुअल, स्कुल, कार्यालयका युनिफर्म जुत्ता, महिलाले लगाउने चप्पल, गम बुटलगायत सबै प्रकारका जुत्ताचप्पल छन् ।

उद्घाटन कार्यक्रममा बोल्दै बिएफ डिअर हिलका प्रबन्ध निर्देशक होमनाथ उपाध्यायले नेपाल जुत्ता चप्पलमा विस्तारै आत्मनिर्भर बन्दै गएको बताए ।

‘नेपाल विस्तारै जुत्ता चप्पलमा आत्मनिर्भर बन्दै गईरहेको छ’ उनले भने ‘पछिल्लो वर्ष मात्रै ७७ करोड रुपैयाँ बराबरको जुत्ता चप्पल नेपाल बाहिर हामीले निर्यात गर्यौ ।’

मेलाको उद्घाटन गर्दै प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले जुत्ता चप्पल उत्पादन कम्पनीहरुलाई आवश्यक पर्ने सबै सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताए ।

‘जुत्ता चप्पल कम्पनीहरुलाई आवश्यक सबै सहयोग गर्न प्रदेश सरकार तयार छ’ उनले भने ‘तपाईंहरु कम्पनीको लागि के आवश्यक छ भन्नुहोस् हामी ती आवश्यकता पुरा गछौं ।’

२ सयको चप्पलदेखि १० हजारको जुत्तासम्म

कात्तिक २२ गतेबाट सुरु भएको मेलामा २ सय रुपैयाँको चप्पलदेखि १० हजार रुपैयाँ सम्मको चप्पल रहेको छ । बिएफ डिअर हिल, शिखर शु तथा रन शु को चप्पल तथा विभिन्न प्रकारका जुत्ताहरु मेलामा रहेका छन् ।

यसका साथै मेलाले सार्वजनि दायित्व अन्तर्रगत मानव सेवा आश्रमलाई ६५ वटा न्यानो जुत्ता पनि प्रदान गरेको छ ।

जुत्ता खरिदमा १० देखि ७० प्रतिशतसम्म छुटको व्यवस्था रहेको छ । कात्तिक २२ गतेबाट सुरु भएको मेला मंसिर ४ गतेसम्म सञ्चालन हुने आयोजकले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here