रुप ज्योति र छोरी सूरुचीलाई तीन दिन हिरासतमा राख्न आदेश

काठमाडौं, २२ कात्तिक । पूर्वअर्थ राज्यमन्त्री तथा व्यापारी रुप ज्योति र उनकी छोरी सुरुचीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

शुक्रबार जिल्ला अदालत काठमाडौंले हाउजिङ व्यवसायमार्फत ठगी गरेको आरोपमा पक्राउ परेका बाउछोरीलाई ३ दिनको म्याद दिएको प्रहरीले जनाएको छ।
हिरासतमा राखेर अनुसन्धान गर्न माग गर्दै महानगरीय प्रहरी परिसर काठमाडौंले उनीहरु दुबैलाई जिल्ला अदालत काठमाडौं लगेको थियो।

महानगरीय प्रहरी परिसरको टोलीले सिल्क एयरमा सिंगापुरबाट काठमाडौं ओर्लिएका रुप ज्योतिलाई बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here