१२ साउन, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज तीन दर्जन उद्योगीसँग सामूहिक छलफल गर्ने भएका छन् ।
अर्थ मन्त्रालयमा नेपालमा उत्पादनमूलक उद्योग सञ्चालन गरी अर्थतन्त्रमा विशिष्ट योगदान पुर्याएका तीन दर्जन उद्योगपतिहरूसँग बजेट कार्यान्वयन विशेष छलफल कार्यक्रम आयोजना हुने अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।
छलफलमा अर्थमन्त्री, अर्थसचिव डा. घनश्याम उपाध्याय, उद्योग, वाणिज्य तथा आपूर्ति सचिव नारायणप्रसाद दवाडीसहित अर्थ मन्त्रालयका महत्त्वपूर्ण महाशाखा तथा विभागका अधिकारी सहभागी हुनेछन् ।
कार्यक्रम आज अपराह्न ३ः०० बजेदेखि सुरु हुने छ।
यसअघि प्रधानमन्त्रीले अर्थतन्त्रसँग सम्बन्धित क्षेत्रका पदाधिकारीसँग भेटिरहेका छन् । यसमा अब अर्थमन्त्रीले समेत सोही प्रक्रिया सुरु गरेका हुन् ।
