किन थपियो ‘प्रतिष्ठित’ व्यापारी रुप ज्योति र छोरीमाथि तीन दिनको म्याद,काण्ड के हो ?

काठमाडौं, २२ कात्तिक । उद्योगी एवं पूर्व अर्थसहायक मन्त्री रुप ज्योति र उनकी छोरी सुरुची ज्योतिलाई तीन दिन थुनामा राखेर मुद्दाको अनुसन्धान गर्न आदेश दिएको छ ।

शुक्रबार जिल्ला अदालत काठमाडौंले हाउजिङ व्यवसायमार्फत ठगी गरेको आरोपमा पक्राउ परेका बाउछोरीलाई तीन दिनको म्याद थपेर अनुसन्धान गर्न आदेश दिएको हो ।

विहिवार राति महानगरीय प्रहरी परिसरको टोलीले सिल्क एयरमा सिंगापुरबाट काठमाडौं ओर्लिएका रुप ज्योतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो।

सर्वोच्च अदालतले रुप ज्योति र सुरुचीलाई पक्राउका लागि प्रहरीलाई अनुमति दिएसँगै सक्रिय रहेको प्रहरीको टोलीले उनिहरुलाई विमानस्थलवाटै पक्राउ गरेको थियो ।

के हो पक्राउ काण्ड

स्याकार कम्पनी, हिमाल आइरन तथा स्टिल कम्पनी, हिमाल तार, हिमाल अक्सिजन, भाजुरत्न इञ्जिनियरिङ लगायतका कम्पनीका मालिक रुप ज्योति प्रतिष्ठित’ व्यापारी हुन् ।

पछिल्लो समय सरोगेसीका लागि भन्दै खोलिएको कान्तिपथको ग्राण्डी सिटी क्लिनिकका सञ्चालकसमेत रहेका ज्योति एका-एक ठगी काण्डमा पक्रान पर्न पुगे ।

ज्योतिले व्यक्तिका नाममा दिनुपर्ने जग्गा अर्कै कम्पनी खडा गरी कम्पनीकै नाममा गराएका थिए।

उक्त कम्पनी रुप ज्योतिको श्रीमती र छोरीको नाममा थियो। त्यसैका आधारमा छोरीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

रुप ज्योतिले हाउजिङको काम गर्ने उद्देश्यले ल्याण्डमार्क हाउजिङ कम्पनी दर्ता गरेका थिए ।

कूल १० करोड १० हजार रुपैयाँ चुक्ता पुँजि भएको कम्पनी दर्ता गरेका थिए । तर, सो कम्पनीमा उनले ५० लाख रुपैयाँकोमात्र सेयर रहेको छ । ज्योति समूहकै अर्को कम्पनी स्याकार कम्पनी प्रालिको ९ करोड ५० लाख रुपैयाँको सेयर लगानी रहेको छ ।

यसअघि पनि घर दिने भन्दै रकम उठाएर ठगी गर्ने जय स्निपिङ मिल्स प्रालिको पनि सो ल्यान्डमार्क डेभलपर्समा सेयर लगानी गरेको सूत्रको भनाई छ ।

२०७० सालमा कम्पनीले काठमाडौंको बाँसबारीमा हाउजिङ बनाउने भन्दै सर्वसधारणबाट रकम लिई घरहरुको बुकिङ सुरु गरेको थियो । अपार्टमेन्ट बनाउने बेलामा ज्योति ग्रुप र सिई कन्ट्रक्सनबीच पार्टनर सुरु भयो ।

सिई कन्ट्रक्सनले सो हाउजिङ निर्माण सम्पन्न गरिसकेको छ । सम्पन्न भएको घरहरु बुकिङ अनुसार हस्तान्तरण पनि भए ।

तर मल्लको भने अल्झाएर राखियो । घरको लागि भन्दै झण्डै डेढ करोड भुक्तानी गरिसकेका मल्लले न घर जग्गा नै पाए न त रकम फिर्ता नै ।

मल्ललाई घर नदिए पनि सोही हाउजिङमा रुप ज्योतिले दुई रोपनीमा आफ्ना लागी भव्य बंगला समेत बनाइरहेका छन् । सूत्रका अनुसार मल्ललाई दिने भनेको जग्गामा ज्योतिले आफ्ना लागि भवन बनाइरहेका छन् ।

पीडित मल्लले २ जेठ २०७१ मा ज्योति ग्रुपमार्फत १० लाख रुपैयाँ भुक्तानी गरी ल्याण्डमार्क डेभलपर्सले काठमाडौंको बाँसबारीमा निर्माण गर्न लागेको हाउजिङमा आफ्नो क्षेत्र ‘बुक’ गराए । तर, उनले घर पाएनन् । अर्थात उनलाई ठगियो ।

सीईले हाउजिङमा हात हालेपछि मल्लले २०७१ को भदौमा थप एक करोड २६ लाख ७५ हजार रुपैयाँ बुझाए ।

हालसम्म कूल दुई करोड ७० लाख रुपैयाँ मल्लले बुझाइसकेका छन् । उक्त हाउजिङमा कूल २२ वटा घर निर्माण हुँदा मल्लले एउटा पनि नपाउने भनेपछि गत वर्ष प्रहरीमा मुद्दा दायर गरेका थिए ।

ल्यान्डमार्क डेभलपर्स प्रालिका नाममा हाउजिङ बनाउने भन्दै विभिन्न व्यक्तिहरुसँग करोडौं रुपैयाँ ठगी गर्दै आएका ज्योतीलाई पिडित विजेन्द्रमान मल्लको उजुरीमा पक्राउ गरिएको हो। ज्योतीले मल्ललाई १ करोड ३६ लाख ठगी गरेको आरोपमा छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here