अनलाइन कारोबार प्रणालीमा समस्यै समस्या

काठमाडौं ५, चैत ।
अनलाइन कारोबार प्रणालीमा समस्या आएपछि मंगलबार धेरै जसो ब्रोकरले सेयर कारोबार गर्न पाएनन । कारोबार प्रणाली (सिष्टम) लग इन र लग आउट नहुने समस्या भएपछि लगानीकर्ताले कारोबार गर्न नपाएका हुन ।

मंगलबार सेयर बजारमा करिब १४ करोड रुपैयाँ बराबरको मात्र कारोबार भएको छ । ५० वटा ब्रोकरमध्ये आधाभन्दा धेरैको सिष्टम लगइन नभएपछि कारोबार गर्न नसकिएको ब्रोकरहरुले जनाएका छन् ।

मध्यान्नमा सुरुमा कारोबार गर्न नपाएका ब्रोकरको समस्या समाधान भए पनि बाँकी ब्रोकरहरुमा समस्या आएको थियो । कारोबार प्रणाली ठिक नभएकाले निरन्तर यस्ता समस्या आउँन गरेको ब्रोकरहरुको आरोप छ ।

गत साता पनि सिष्टममा समस्या आएपछि लगानीकर्ताले आधा दिन कारोबार गर्न पाएका थिएनन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here