राष्ट्रिय मुद्दामा सत्ता पक्ष-विपक्ष एकै ठाउँ

काठमाडौं, २३ कात्तिक । नेपालका राजनीतिक दलले लिम्पियाधुरा, लिपुलेकलगायत कालापानी क्षेत्रको सवालमा सुझबुझपूर्ण व्यवहार प्रदर्शन गरेका छन् ।

खासगरी अन्तर्राष्ट्रिय मामलामा समेत दुई धारमा देखिन दल भारतले नेपाली भूभाग आफ्नो नक्सामा राखेको सन्दर्भमा भने एकै स्थानमा उभिएका छन् ।

सरकारले यो नक्सा अमान्य हुने भनिसकेको छ भने कांग्रेसले पनि ती भूभाग नेपालको भन्दै भारतीय व्यवहारको कडा आलोचना गरेको छ । यसैबीच नेपालको कालापानी क्षेत्रलाई भारतले आफ्नो नक्सामा राखेको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरोकारवालासँग सामूहिक परामर्श गर्ने

भएका छन् । संसदमा प्रतिनिधित्व गर्ने दलसहित विपक्षी दलका नेता तथा प्रतिनिधि सहभागी हुनेछन् । प्रधानमन्त्री निवास वालुवाटारमा शनिबार अपरान्ह ४ बजे बैठक बस्ने छ । बैठकमा सबै पूर्वप्रधानमन्त्री र परराष्ट्र मन्त्रीलाई समेत बोलाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here