२० साउन, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपाल राष्ट्र बैंकका सबै कार्यकारी निर्देशकसँग छलफल गर्दै छन् । देशको वित्तीय अवस्थाको गहिराइ बुझेका र मौद्रिक उपकरणको कार्यान्वयन गरिरहेका अधिकारीहरूसँगको छलफल अर्थतन्त्रको समस्या पहिल्याउन र समाधानको उपाय खोज्नमा केन्द्रित हुने मन्त्रालयले जनाएको छ ।
केन्द्रीय बैंकका गभर्नर र डेपुटी गभर्नरसँगको नियमितजसो हुने भेट, उनीहरुको सल्लाह र समन्वयमा सम्भवतः पहिलो पटक यस्तो छलफल हुन लागेको हो। बिहान ९ः१५ बजे अर्थ मन्त्रालयको सुवर्ण हलमा कार्यक्रम सुरु हुनेछ। यसअघि अर्थमन्त्रीले मंगलबार मात्र वाणिज्य बैंकहरुका २० जना सीइओसँग छलफपल गरेका थिए ।
