७,५०० एमएएचको शक्तिशाली ब्याट्रीसहित रेडमी १७ सिरिज नेपालमा

काठमाडौं, २ भदौ । शाओमीले नेपालमा रेडमी १७ सिरिज अन्तर्गत रेडमी १७ र रेडमी १७ फाइभजी सार्वजनिक गरेको छ ।

आफ्नो सेग्मेन्टकै ठूलो क्षमतामध्ये एक ७,५०० एमएएचको ब्याट्री भएको यो फोनले भिडियो स्ट्रिमिङ, गेमिङ वा व्यस्त दिनभर फोन प्रयोग गर्दा पनि लामो समयसम्म साथ दिने छ ।

यस सिरिजमा २२.५ वाट रिभर्स चार्जिङ सुविधा पनि उपलब्ध छ । यसमार्फत फोनलाई पावर बैंकका रूपमा प्रयोग गरी इयरबड्स, स्मार्टवाच वा आवश्यक परेको अवस्थामा अर्को फोनसमेत चार्ज गर्न सकिन्छ । नेटवर्क र प्रयोगको अवस्थाअनुसार ब्याट्रीको वास्तविक प्रयोग अवधि फरक पर्न सक्छ भने रेडमी १७ फाइभजीले रेडमी १७ को तुलनामा अझ लामो समय प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

दुवै स्मार्टफोनमा ६.९ इन्चको एचडी डिस्प्ले र १२० हर्ज रिफ्रेस रेट रहेको छ । रेडमी १७ मा मिडियाटेक हेलियो जी९१–अल्ट्रा प्रोसेसर प्रयोग गरिएको छ भने रेडमी १७ फाइभजीमा छिटो फाइभजी कनेक्टिभिटीका लागि स्न्यापड्रागन ४ जेन ५ मोबाइल प्लेटफर्म दिइएको छ । दुवै फोनमा शाओमी हाइपरओएस ३ रहेको छ र मेमोरी एक्सटेन्सनमार्फत १२ जीबीसम्म ¥याम सपोर्ट गर्छन् ।

दुवै फोनमा ५० मेगापिक्सेल एआई डुअल क्यामेरा र ८ मेगापिक्सेल फ्रन्ट क्यामेरा रहेको छ । डुअल–भ्यु भिडियो रेकर्डिङ सुविधामार्फत एकैपटक विभिन्न कोणबाट भिडियो खिच्न सकिन्छ । अडियोका लागि डुअल स्टेरियो स्पिकर दिइएको छ, जसले ३०० प्रतिशतसम्म भोल्युम बुस्ट सपोर्ट गर्छ । साथै, फोनमा ३.५ एमएम हेडफोन ज्याक र छिटो कनेक्सन तथा ट्याप–टु–पे सुविधाका लागि एनएफसी सपोर्ट पनि रहेको छ ।

करिब २३२ ग्राम तौल भएका दुवै फोनमा आईपी६४ डस्ट तथा वाटर रेसिस्टेन्स रहेको छ । यसले दैनिक प्रयोगमा फोनलाई थप मजबुत बनाउने कम्पनीको दाबी रहेको छ । बिहानदेखि रातिसम्म, घाम होस् वा पानी, प्रयोगकर्ताको दैनिक जीवनसँग सहज रूपमा चल्ने गरी फोन डिजाइन गरिएको छ ।

रेडमी १७ कालो, डीप ब्लु, ओक ग्रिन र लोटस पर्पल गरी चार रंगमा उपलब्ध हुनेछ । यो ४ जीबी + १२८ जीबी र ६ जीबी + १२८ जीबी गरी दुई भेरियन्टमा क्रमशः रु. २७ हजार ९सय ९९ र रु. ३३ हजार ९ सय ९९ मा उपलब्ध हुनेछ ।

त्यसैगरी, रेडमी १७ ५जी कालो, डीप ब्लु र भिभिड अरेन्ज गरी तीन रंगमा उपलब्ध हुनेछ । यो ४ जीबी + १२८ जीबी, ४ जीबी + २५६ जीबी र ६ जीबी + २५६ जीबी गरी तीन भेरियन्टमा क्रमशः रु. ३३ हजार ९ सय ९९, रु. ३७ हजार ९ सय ९९ र रु. ४१ हजार ९ सय ९९ मा उपलब्ध हुनेछ ।