देउसी-भैलो खेलेर उठेको रकम बृद्धा आश्रमलाई सहयोग

पप्पु गुरुङ दोधारा, २४ कात्तिक । माहाकालीका युवाहरुले भैली देउसीबाट संकलित रकमले बृद्धा आश्रममा फलफुल र खाद्यान्न बितरण गरेका छन् ।

भीमदत्तमा रहेको महिला तथा बृद्ध सेवा केन्द्र बृद्धा आश्रममा बडीमालिका समाज बिकास नेपाल र जनचेतना बाल क्लवका पदाधिकारीहरुले एक कार्यक्रमको बिच बृद्धा आश्रमलाई फलफुल र खाद्यान्न हस्तान्तरण गरेको बडिमालिका समाज बिकास नेपालका उपाध्यक्ष गगन बहादुर सिंहले जानकारी दिएका छन् ।

माहाकाली नगरपालिका क्षेत्रमा बडीमालिका समाज बिकास नेपाल र जनचेतना बाल क्लवका पदाधिकारीहरुले भैली देउसी खेलेर संकलित रकम मध्य बृद्ध बृद्धाहरुलाई सहयोग गर्ने उद्धेश्यले २२ दर्जन केरा, १ पेटी स्याउ, २ बोरा मेघा चामल लगाएत खाद्यान्न तथा फलफुल बितरण गरिएको हो ।

उनिहरुले करिब ८ हजार भन्दा बढी रकम बराबरको फलफुल र खाद्यान्न बितरण गरेको जनाएका छन् । उनिहरुले भिमदत्तमा रहेको महिला तथा बृद्ध सेवा केन्द्र बृद्धा आश्रममा पुगेर उक्त फलफुल र खाद्यान्न हस्तान्तरण गरिएको र जनचेतना बाल क्लव माहाकालीका अध्यक्ष दुर्गा बडुवालले जानकारी दिएका छन् ।

युवा तथा कलिला बालबालिकाहरुले भैली देउसी खेलेर संकलन गरेको रकमले बृद्ध तथा बृद्धाहरुलाई सहयोग गरेकामा सबैले धन्यबाद दिएका छन् । बडीमालिका समाज बिकास नेपाल र जनचेतना बाल क्लवका पदाधिकारीहरु आश्रम पुगेर सहयोग हस्तान्तरण गरेको आश्रमकी संयोजक शारदा चन्दले बताएका छन् ।

वितरण कार्यक्रममा बोल्दै बडीमालिका समाज बिकास नेपालका अध्यक्ष पदम बहादुर सिंहले आगामी दिनमा आश्रमलाई आवश्यक सक्दो सहयोग गर्न समेत आफुहरु तयार रहेकोे प्रतिबद्धता समेत ब्यक्त गरेका छन् ।

‘आश्रममै आएर सहयोग गर्न पाउदा हामीहरु खुसी मानेका छौं’ । बडीमालिका समाज बिकास नेपालका अध्यक्ष पदम बहादुर सिंहले भने, ‘आगामी दिनमा पनि यस आश्रम तथा आश्रममा आश्रीत बा, आमाहरुको सेवामा केही गर्न पाहियोस् ।’

पछिल्लो समय समाज तथा सामाजिक कामबाट युवा पुस्ता टाडा हुदै गएको भन्दै सामाजिक उत्तरदायित्व बहन गर्न अगाडी सरेका युवा पुस्ता देख्दा गर्वले छाती फुलेको महिला तथा बृद्ध सेवा केन्द्रले जनाएको छ् ।

कार्यक्रममा बडीमालिका समाज बिकास नेपालका अध्यक्ष पदम बहादुर सिंह, उपाध्यक्ष गगन बहादुर सिंह, जनचेतना बाल क्लव माहाकालीका अध्यक्ष दुर्गा बडुवाल, उपाध्यक्ष चन्दु ओड, सचिव सपना बडवाल, सचिव राधिका बिष्ट लगाएत संस्थाका पदाधिकारीहरु, महिला तथा बृद्ध सेवा केन्द्र बृद्धा आश्रमका संयोजक शारदा चन्द तथा बृद्ध, बृद्धाहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here