कस्तो होला १०८ मेगापिक्सेलको क्यामेराजडित स्मार्टफोनले खिचेको फोटो ?

एजेन्सी । चिनियाँ प्रविधि कम्पनी शाउमी (एमआई) ले १०८ मेगापिक्सेलको क्यामेराजडित नयाँ मोबाइल फोन सार्वजनिक गरेको छ।

हाइरिजोल्युसन सेन्सर दक्षिण कोरियाली कम्पनी सामसङले विकास गरेको भएपनि उसकै आफ्नो उत्पादनमा भने यो फिचर राखिसकेको छैन। चिनियाँ कम्पनीका अनुसार उक्त फिचरले ‘अत्यधिक मात्रामा स्पष्ट तस्बिर’ कैद गर्ने क्षमता राख्छ।

अनुसन्धान गर्ने कम्पनी क्यानलिजका अनुसार शाओमी हाल बिक्रीका हिसाबले विश्वकै चौथो ठूलो स्मार्टफोन उत्पादक हो।

युरोपमा उक्त फोनको बिक्री तीव्र रूपमा फैलँदै छ र सन् २०२० मा जापानमा समेत बजार विस्तार गर्ने कम्पनीले घोषणा गरिसकेको छ।

कम्पनीका अनुसार यो क्यामराले धेरै क्लिअर फोटो खिच्न सक्छ जुन जुम गरेर विभिन्न प्रकारका सूचनाहरु लिनको लागि उपयोगी हुन सक्छ ।

शाओमीले सुार्वजनिक गरेको स्मार्टफोनको नाम ‘शाओमी एमआई सीसी नाईन’ हो ।

हाल चीनमा मात्रै सार्वजनिक भएको यस फोनको मूल्य २ हजार ७ सय ९९ रुपैयाँ अर्थात ४५ हजार नेपाली रहेको छ ।

रिसर्च फर्म क्यानालिसको अनुसार ९.१ प्रतिशत मार्केट भ्यालुका साथ शाओमी संसारमा सबैभन्दा धेरै बिक्ने चौथो स्मार्टफोन कम्पनी बनिसकेको छ ।

शाओमीको बिक्री यूरोपमा पनि द्रुत गतिमा हुँन थालेको छ । यसका साथै शाओमीले नेपाल, भारत जस्ता देशहरुमा पनि धेरै मात्रामा बिक्री हुने सामसुङ मोवाइलसंग टक्कर गरिरहेको छ ।

आजभन्दा अगाडी १०० मेगापिक्सल भन्दा धेरै क्यामरा मीडियम फर्मेट वाला डिजीटल क्यामरामा मात्रै हुने गर्थ्यो । तर, वर्तमान समयमा भने स्मार्टफोनहरुमा पनि यतिधेरै मेगापिक्सल उपलब्ध हुन थालेको छ ।

हालसम्म १०० मेगापिक्सल भन्दा बढीको सेन्सर मध्यम स्तरका डिजिटल क्यामेरामा प्रयोग गरिन्थ्यो जसको मूल्य हजारौँ पाउन्ड पर्नसक्छ।

गुणस्तर राम्रो हुने भए पनि उक्त १०८ मेगा पिक्सेल सेन्सरद्वारा खिचिएको तस्बिरले फोनको स्टोरेजमा प्रभाव पार्ने छ। त्यस्तै ती तस्बिर सम्पादन गर्न बढी शक्ति लाग्ने छ। तर उक्त फोनमा कम रिजोल्युसनमा तस्बिर खिच्न सकिने विकल्प पनि राखिएको छ। बिबिसी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here