काठमाडौं । रसुवा बाढीमा परी ज्यान गुमाउनेको संख्या शनिबार दिउँसाेसम्म ६२६ पुगेको छ । नेपाल प्रहरीले शनिबार दिउँसो २:५० बजेको तथ्यांक सार्वजनिक गर्दै मृतकको संख्या ६२६ पुगेको जनाएको छ ।
प्रहरीका अनुसार रसुवामा १३,नुवाकोटमा ४१, धदिङमा ४९, गोरखामा ५४,चितवनमा २३३, तनहुँमा ३१ नवलपरासी पूर्वमा १५८ शव फेला परेका हुन् ।
नवलपरासी पश्चिममा ४७ शव फेला परेको प्रहरीले जनाएको छ। शनिबार दिउँसोसम्म दुई हजार ३०१ जनालाई उद्धार गरिएको छ।
प्रहरीले रसुवाबाट ६७६, नुवाकोटबाट एक हजार ६२२ र धादिङबाट तीन जनाको उद्धार गरेको हो ।
