१३ भदौ, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले त्रिशूली ३ ए सुरुङमा अक्सिजन पठाउन थालिएको जानकारी दिएका छन् । सुरुङको माथिल्लो भागमा उद्धार टोली पुगेको र सानो प्वालबाट हावा पठाउन सुरु गरिएको उनले बताएका छन् । अब अब खन्ने काम सुरु गरी उद्धार टोली पनि भित्र पठाइने उनले जानकारी दिएका छन् । सुरुङमा धेरै कामदार थुनिएको खबर छ ।
