अस्ट्रेलियाको जंगल भीषण आगलागी, तीन जनाको मृत्यु

सिड्नी, २४ कात्तिक । अस्ट्रेलियामा जंगल आसपासको झाडीयुक्त क्षेत्रमा फैलिएको भीषण आगलागीका कारण तीनजनाको मृत्यु भएको छ । अरु चार जना हराइरहेका छन् ।

झाडीमा लागेको आगोले अस्ट्रेलियामा आतंक मच्चाएको हो। यस आगलागीका कारण अहिलेसम्म ३ जनाको मृत्यु भएको छ । हजारौं स्थापित भएका छन्।

आइतबार न्यु साउथ वेल्स र क्वीन्सल्यान्डका बाक्लो झाडीहरुमा सय स्थानमा भन्दा बढी आगो लागेको देखिएको बीबीसीले जनाएको छ।

आगलागी जारी रहेका दुई राज्यमा १३ सय अग्नी नियन्त्रक खटाइने अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले बताएका छन्।

अधिकारीहरुका अनुसार हालसम्म आगोका कारण १ सय ५० घर पूर्ण रुपमा ध्वस्त हुँदा हजारौं मानिसहरु विस्थापित भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here