मनोहरा खोलाको पानी किनारका बस्तीमा पस्याे

काठमाडौं । भक्तपुरको मनोहरा खोलामा पानीको बहाव बढेसँगै नदी किनारका टहराहरूमा पानी छिरेको छ । पानी छिरेपछि किनारका बस्तीमा रहेकाहरूलाई सुरक्षित ठाउँमा लगिएको छ ।

सोमबार दिउँसोबाट परेको पानीका कारण खोलामा बाढीको सतह बढेको हो ।

बाढीको बहाव बढेसँगै अहिले प्रहरीले खोला किनारका बस्तीमा प्रहरी परिचालन गरिएको छ ।