कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा भारी वर्षाको सम्भावना

काठमाडौं । आइतबार दिउँसो देशका हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ सहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेकाे। छ।

कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाे नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको हाे | महाशाखाका अनुसार देशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना छ।

आइतबार राति देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल तथा तराई भू-भागमा आंशिक बादल लाग्नेछ।

त्यस्तै , बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित मध्यमसम्म र तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना छ।