भाट–भटेनीको टंगाल सुपरस्टोर सोमबारबाट पुनः सञ्चालनमा आउने

४ भदौ, काठमाडौं । काठमाडौं टंगाल स्थित भाट-भटेनी सुपर स्टोर २०८३ साल असोज ०५ गते सोमबार देखि औपचारिक रूपमा पुनः सञ्चालनमा आउने भएको छ ।

उक्त स्टोरबाट दैनिक नियमित सेवा प्रदान गर्ने सुपर मार्केटका प्रमुख संचालन अधिकृत पानु पौडेलले जानकारी दिए । जेन जी आन्दोलनबाट भाटभटेनी क्षतविक्षत भएको थियो । त्यति हुँदाहुँदै पनि कम्पनीले आफ्नो व्यावसायिक गतिविधि तथा कर्मचारीप्रतिको जिम्मेवारीलाई बेवास्ता नगरेको उनले बताए । भाटभटेनीमा कार्यरत १० हजारभन्दा बढी कर्मचारीको रोजगारीमा कुनै असर पर्न दिइएन ।

कम्नीका अनुसार यस दौरान कर्मचारीलाई रोजगारीबाट अलग गरिएन । गत वर्ष भदौ २४ लगत्तै दसैंमा प्राप्त गर्ने बोनससमेत कटौती नगरी पुनः सञ्चालन भएका स्टोरहरुमा उनीहरुको भूमिकालाई निरन्तरता दिइएको थियो ।

उनले भनेका छन्, ‘मनमा पीडा थियो, आँखामा आँसु थियो, आँखै अगाडिका स्टोरमा आगो बलिरहेका थिए तर पनि हामीले राज्यप्रतिको दायित्व बिसिएनौँ, कर्मचारीप्रतिको दायित्व, भूकम्प, कोभिडलगायतका बेला भाटभटेनीले पुर्‍याएको योगदान सम्झियौँ । र, हामी एउटा निष्कर्षमा पुग्यौँ–खरानीबाट फेरि उठ्ने छौँ ।’ तातो खरानी, तातो फलाम, तातो इँटा पन्छाएर एक हप्ताभित्रै काम थालिएको भाटभटेनीका अध्यक्ष तथा प्रवन्ध निर्देशक मीन बहादुर गुरुङ स्मरण गर्छन् ।

आगजनीको पाँच महिनामा पूर्णरुपमा जलेको कोटेश्वरस्थित स्टोर सञ्चालनमा ल्याइयो । क्रमीक रूपमा विस्तारै जलेका भवन ठड्याउँदै एक पछि अर्को गरी अहिलेसम्म हामीले आगजनीले ध्वस्त भएका १२ मध्ये दसवटा स्टोर पुनःसञ्चालनमा ल्याउन सफल कम्पनी भएका भएको छ । बाँकी रहेका दुईवटा स्टोर पनि पुनःनिर्माणको अन्तिम चरणमा छन् ।

दमक र हेटौंडाका स्टोरहरूमा आवश्यक संरचनागत काम, उपकरण व्यवस्थापन, आन्तरिक निर्माणको काम जारी छ ।
यी स्टोरबाट पनि छिटो ग्राहक सेवा पुनः सञ्चालन गर्ने कम्पनीको लक्ष्य रहेको छ । पुनःनिर्माणमा गुणस्तर र दीर्घकालीन सञ्चालनलाई समेत ध्यानमा राखिएको छ ।

पूर्णरूपमा आगजनी भएका स्टोरहरूको पुनःनिर्माण स्वाभाविक रूपमा ठूलो समय, स्रोत तथा लगानी आवश्यक पर्ने प्रक्रिया भए पनि चौबीसै घण्टा कामलाई निरन्तरता दिएर ग्राहकलाई पुनः सेवा उपलब्ध गराउन सफल भएको कम्पनीले जनाएको छ ।

काठमाडौंमा सञ्चालनको तयारीमा रहेको बाल अस्पतालका लागि दिने भनेको सहयोग पनि दिएर सञ्चालनमा ल्याउन पाउँदा हामीलाई निकै खुसी लागेको गुरुङले बताए । अस्पतालका लागि भाटभटेनीले ७१ करोड बढी रकम खर्च गरेको छ । नेपाली बालबालिकाले एउटै भवनमा अन्तर्राष्ट्रिय स्तरको उपचार सुविधा प्राप्त गरुन् भन्ने उद्देश्य राखिएको छ ।

ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै आधुनिक सुविधा तथा गुणस्तरीय सेवा उपलब्ध गराउने हाम्रो प्रतिबद्धता यथावत् रहेको व्यहोरा समेत उनले बताए ।