कसले जिते सनफ्लो सनफ्लावर तेलको उपहार हिराको हार ? (नामसहित)

काठमाडौं, २४ कात्तिक । सनफ्लो सनफ्लावर तेल हिराको उपहार अफरका विजेताहरुको नाम घोषणा भएको छ ।

पोखरा–१० निवासी दीपक कुमार थापाले हिराको हार जिते भने विर्तामोड निवासी सन्दीप गटानी र पाल्पा निवासी मीना छहारीले हिराको लकेट जिते । त्यसैगरी बुटवलका केशव आचार्य र नेपालगञ्जका निरज कुमार कशौडाले हिराको टप जिते ।

के.एल. दुगड समूह अन्तर्गतको स्वस्तिक आयल इन्डष्ट्रिजले आफ्नो उत्पादन सनफ्लो सनफ्लावर तेलमा आकर्षक हिराको हार र हिराको सेट जित्ने उत्साहजनक अफर सञ्चालनमा ल्याएको छ । यो योजना २३ अक्टुबर २०१९ देखि शुरु भई सीमित अवधिका लागि लागु हुने कम्पनीले बताएको छ ।

यो योजनामा सहभागी हुन उपभोक्ताहरुले आधा लिटर वा १ लिटरको सनफ्लो सनफ्लावर तेलको प्याकेट खरिद गरेर प्याकेटमा भएको १० अंकको नम्बर टाइप गरी ३१००८ मा एसएमएस पठाउनु पर्ने कम्पनीले बताएको छ ।

प्रत्येक १५ दिनमा लक्की ड्र मार्फत १ जना विजेताले हिराको हार, २ जना विजेताले हिराको टप र २ जना विजेताले हिराको लकेट जित्न सक्नेछन् । एकजना भाग्यशाली विजेताले बम्पर लक्की ड्र मार्फत योजनाको अन्तिममा हिराको नेकलेस सेट जित्न सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here