दाउन्ने दुर्घटनामा मृतक संख्या ६ पुग्यो, घाइते र मृतक एकको खुल्यो पहिचान

१७ असोज, काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बिनयी त्रिवेणी गाउँपालिका –०२ एस मोडस्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटनामा परेको छ ।

नेपाल प्रहरीका अनुसार दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । १० जना घाइते भएका छन् । नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा सडकबाट नालामा पल्टिएको हो ।

उक्त बसमा चालक सहित १८ जना सवार रहेकोमा ६ जनाको मृत्यु भएको र १० जना घाइते भएका छन् भने २ जना सकुशल रहेका छन् ।

दुर्घटनामा परी मृत्यु हुनेमा जिल्ला जाजरकोट, भेरी नगरपालिका –०३ बस्ने ५० वर्षीय निर्जुङ खत्री रहेका छन् । अन्य पाँच जना मृतकको विवरण खुल्न बाँकी छ । घाइते हुनेमा जिल्ला गोरखा, गो.न.पा ०९ बस्ने वर्ष ३० हरिशरण थापा, जिल्ला अछाम मंगलसेन न.पा. ६ बस्ने वर्ष २८ का तेजेन्द्र प्रसाद भण्डारी र जिल्ला बर्दिया ठाकुरबाबा न.पा १ बस्ने वर्ष २० की आकृती छन् ।

यसैगरी बाजुरा स्वामी कात्तिक गा.पा ५ बस्ने वर्ष ३२ कापवन बुढा, बर्दिया राजापुर न.पा. ९ बस्ने वर्ष २८ का सञ्जय थारु, जिल्ला बाजुरा स्वामी कात्तिक गा.पा१ बस्ने वर्ष २५ को प्रेम बम र जिल्ला ललितपुर कुञ्जय सोमपाक गा.पा. वडा नं ५ बस्ने वर्ष २९ का अनोज खत्री छन् ।

अन्यमा जिल्ला बर्दिया बाँसगढी न.पा. ७ बस्ष ३६ को लाल बहादुर कार्की, जिल्ला बाँके नेपालगञ्ज उमनपा १६ बस्ने वर्ष ४८ का अस्लाम भगवान, जिल्ला सल्यान वनगढ कुपिण्डे न.पा. १ बस्ने वर्ष २१ को अनिल बुढाथोकी रहेका छन् ।
उक्त घटनाको खबर प्राप्त हुनासाथ प्रहरी निरीक्षक थमन सिंह रानाको कमाण्डमा खटिएको प्रहरी टोलीले बसमा सवार घाइतेहरूलाई उद्दार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डामा उपचार भइरहेको छ ।