नेपालको लगानी आवश्यकता पूरा गर्न चीनको प्रतिवद्धता

काठमाडौं, ६ चैत । नेपाल भ्रमणमा रहेका चिनियाँ अन्तरराष्ट्रिय विकास सहयोग संस्थाका उपमन्त्री देङ वोकिङले नेपालको विकासमा आवश्यकता अनुसार लगानी गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । मंगलवार अर्थमन्त्री डा. युवराज खतिवडासँग उनको कार्यकक्ष सिंहदरबारमा भएको भेटमा देङले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

चीनले हाल नेपाललाई दिंदै आएको अनुदान, व्याजरहित ऋण, सहुलियतपूर्ण ऋण, व्यापारिक ऋण तथा अन्य सहयोग निरन्तर रहने उनको भनाइ थियो । साथै, नेपालमा चीनले सञ्चालन गरेका विकास परियोजनालाई थप प्रभावकारी बनाउन दुवै पक्षले आआफ्नो पक्षमा सुधार गर्ने सहमति भएको अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले जानकारी दिए ।

भेटमा अर्थमन्त्री खतिवडाले यही चैत १४ र १५ गते आयोजना हुने नेपाल लगानी सम्मेलनमा चिनियाँ पक्षको प्रभावकारी भूमिकाको अपेक्षा गरेको बताए ।

साथै, नेपालको विकासमा ठूलास्तरका परियोजना कार्यान्वयन गर्न र द्रुततर विकासमा नेपालले सामना गरेको वित्तीय अभाव पूरा गर्न चिनको पूर्ण सहयोग आवश्यक पर्ने पनि उनले बताएका थिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here