काठमाडौं, २५ कात्तिक । फिफा विश्वकप २०२२ कतार र एएफसी एसियन कप २०२३ चीनको छनोट प्रतियोगिता अन्तर्गत नेपाल र कुवेतबीचको खेल भुटानमा हुने भएको छ ।
मंसिर ३ गते हुन लागेको नेपालको ‘होम गेम’ भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ रगशालामा हुन लागेको नेपाल फुटबल संघ (एन्फा) ले विज्ञप्ती मार्फत जनाएको छ ।
एन्फाले एएफसीसँग प्रस्ताव गरिएको स्वीकृत गरेसँग उक्त खेल भुटानमा हुने पक्का भएको हो ।
नेपालले दशरथ रंगशालामा खेल्ने तय गरेपनि रंगशाला पुनर्निमाणमा भएको ढिलाइका कारण नेपाली टोलीले कुवेतविरुद्धको खेल घरेलु मैदानमा खेल्न पाएन् ।
नेपालले अवे खेलमा कुवेतसँग ७–० को नतिजा सुम्पिएको थियो भने चाइनिज ताइपेईलाई २–० ले हराएको थियो। त्यस्तै अस्ट्रेलियासँग ५–० ले पराजित भएको नेपाल नेपाल जोर्डनसँग ३–० ले पराजित भएको थियो।
विश्वकपको अघिल्लो चरणको छनोटमा पुग्न कम्तीमा दोस्रो र एएफसी कपको अघिल्लो चरणमा पुग्न कम्तीमा चौथो हुनु पर्नेछ।





















