उद्योगी पद्म ज्योतिलाई पक्राउ गर्न प्रहरीलाई अनुमति

काठमाडौं, २५ कात्तिक । काठमाडौं जिल्ला अदालतले उद्योगी पद्म ज्योतिलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको छ ।

ल्यान्डमार्क हाउजिङको विषयमा परेको उजुरीका आधारमा अनुसन्धान गर्न उद्योगी पद ज्योतिलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।

सोमबार न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले उद्योगी पदम ज्योतिलाई पक्राउ गर्न अनुमति दिएको हो ।

प्रहरीले पद्म ज्योतिविरुद्ध पनि जाहेरी परेको भन्दै पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो ।

ल्यान्डमार्क हाउजिङमा ज्योति समूह अन्तर्गतका विभिन्न कम्पनीको सेयर भएका कारण पद्म ज्योतिलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने भएकाले प्रहरीले पक्राउ पूर्जी जारी गर्न अदालतसँग अनुमति मागेको थियो।

प्रहरीले एक हाउजिङसम्बन्धी ठगी मुद्दामा अनुसन्धान गर्न यसअघि नै पदम ज्योतिका भाइ रुप ज्योति र उनकी छोरीलाई पक्राउ गरिसकेको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here