एभरेष्ट बैंकका ग्राहकलाई ट्रानक्विलिटी स्पामा छुट

काठमाडौं, २५ कात्तिक । एभरेष्ट बैंकले ट्रानक्विलिटी स्पासँग ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गर्न साझेदारी गरेको छ ।

बैंक र स्पाबीच हस्ताक्षर भएको एमओयू अनुसार ग्राहकहरुले कुल बिलमा ३०% छुट पाउनेछन् ।

यस साझेदारी अनुसार एभरेष्ट बैंकका ग्राहकहरुले एटिएम कार्ड वा क्रेडिट कार्ड स्वाइप गरेर उपलब्ध अफरहरुको लाभ लिन सक्ने कम्पनीले बताएको छ ।

एभरेष्ट बैंकले हाल देशभर ९४ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र १२२ एटिएम मार्फत सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here