ताेलामै १२ हजार घट्याे सुनकाे भाउ

काठमाडौं । शुक्रबार स्थानीय बजारमा सुनको मूल्य तोलामा १२ हजार २ सय रुपैयाँ घटेको छ । योसँगै सुनको भाउ साढे २ लाखमुनि झरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ४५ हजार ४ सय रुपैयाँमा झरेकाे हाे। अघिल्लो दिन २ लाख ५७ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

त्यस्तै चाँदी आज तोलामा २२५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ३३५ रुपैयाँ रहेको चाँदी आज ३ हजार ११० रुपैयाँमा झरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार घटेपछि नेपालमा प्रभाव परेको महासंघले जनाएको छ ।