काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
काठमाडौंबाट गजुरी तर्फ जाँदै गरेको बा.४ ख ६०५९ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको बा.९८ प ३१३६ नम्बरको मोटरसाइकललाई आज बिहान ११ बजे ठक्कर दिएको थियो ।
टिपरको ठक्करबाट ढडेलधुराको अजयमेरु गाउँपालिका-४ का मोटरसाइकल चालक २८ वर्षीय बरुणप्रसाद भट्टकाे मृत्युु भएको हाे। उनकाे बैरेनी अस्पताल उपचारको क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेको धादिङ प्रहरीले जनाएको छ ।
टिपर चालक मकवानपुरको भिमफेदी गाउँपालिका-२ का ३३ वर्षीय गोविन्द घलानलाई नियन्त्रणमा लिएकाे छ।
सवारी दुर्घटनाको वषयलाई लिएर स्थानीहरूले अहिले पृथ्वी राजमार्ग अवरुद्ध गरेका छन् ।
