वैदेशिक रोजगारीमा थरिथरिका ठगी, कस्ता पर्छन् ठगीमा ?

जितेन्द्र खनाल-

काठमाडौं, २६ कात्तिक । ‘नेपालमा केही जागिर पाइएन अब विदेश जाने हो’ हरेक नेपाली युवाहरुको मुखबाट निस्किने शब्द हो यो ।

राजनीतिक अस्थिरता र बढ्दो बेरोजगारीले दुई छाक टार्न र परिवार पाल्नकै लागि नेपाली युवाहरु विदेशिनुपर्ने बाध्यता छ ।

नेपाली समाजमा वैदेशिक रोजगारीमा नगएको घर पाउन मुस्किल छ । नेपाली युवाले शैक्षिक डिग्रीको प्रमाणपत्र बोकेर पनि स्वदेशमा रोजगारको अवसर पाउन सकेका छैनन् ।

वैदेशिक रोजगारीका नाममा ठगीधन्दा बढ्दै गएको छ । रोजगारको बाहानामा शैक्षिक डिग्रीको प्रमाणपत्र बोकेर हिड्ने गरेकै बढी ठगीने क्रम बढेको छ ।

फ्रि–भिषा र फ्रि–टिकटका कारण विदेसिनेको संख्या घटेपनि ठगी भने हरेक बर्ष बढ्दै गएको छ । फ्रि-भिसा फ्रि-टिकटको नाममा लाखौं रकम बुझाउन बाध्य बनेका यूवाहरु दैनिक जसो कुनै न कुनै एजेन्टको माध्यमबाट ठगी ने गरेका छन् ।

अपराध महाशाखा टेकुको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६-७७ का पछिल्लो तीन महिना (साउन, भदौ, असोज) मा ५२ वटा निवेदनमा १०७ जना मानिसहरुले वैदेसिक रोजगारीको नाममा ठगीएको निवेदन दर्ता भएको छ ।

तीन महिनामा ४ करोडको ठगी

अपराध महाशाखा टेकुमा दर्ता भएका निवेदन अनुसार पछिल्लो तीन महिनामा मात्रै वैदेशिक रोजगारमा पठाउछु भन्दै ५२ जना मानिसबाट ३ करोड ८३ लाख २६ हजार भन्दा धेरै रकम ठगी भएको छ ।

अपराध महाशाखा टेकुका प्रहरी उपरिक्षक सुशील सिंह राठौरका अनुसार धेरै मानिसहरु आफ्नै चिनेजानेको नजिकको मानिसहरुबाट नै ठगीमा पर्ने गरेका छन् ।

धेरैजसो मानिसहरु आफन्त अथवा चिने जानेकै व्यक्तिहरुबाट ठगीमा परिरहेका हुन्छन् उनले भने, ‘आफ्नै मान्छे हो भनेर पैसा दिन्छन् अन्त्यमा उ नै ठग हुन्छ ।’

कस्ता मानिस पर्छन् ठगीमा ?

अपराध महाशाखाको तथ्यांक अनुसार धेरैजसो गाउँबाट आएका सोझा मानिसहरु ठगीमा पर्ने गरेका छन् । ‘गाउँका मानिसहरु सोझा हुन्छन्, आफ्नै मान्छे हो चिनेको मान्छे हो भनेर छिटो विश्वास गर्छन्, उसले विश्वासघात गरिदिन्छ उनीहरु ठगीमा पर्छन् उपरिक्षक राठौरले भने ।

धेरै ठगिनेमा विकसित देश जान खोज्नेहरु

केही विकसित मानिने अमेरिका, क्यानडा, अष्ट्रेलिया, रुस तथा अन्य विभन्न देशहरुमा जान खोज्ने मानिसहरु पनि धेरै मात्रामा ठगीने गरेको तथ्यांकले देखाएको छ ।

‘राम्रै भनिने देशमा जान खोज्ने शिक्षीत मानिसहरु पनि ठगीमा परिरहेका छन्’ अपराध महाशाखा वैदेशिक ठगी मुद्दामा काम गर्ने कर्मचारी आत्माराम थापाले भने ‘अस्ति भर्खरको घटना हो क्यानडा लैजान्छु भन्दै ४ जनाको ९४ लाख खाएर दलाल बेपत्ता भएको छ ।’

महिला भन्दा पुरुष धेरै ठगिन्छन्

महाशाखाको पछिल्लो तिन महिनाको तथ्यांकको अनुसार पुरुष भन्दा महिला धेरै मात्रामा ठगीमा पर्ने गरेका छन् । ३ महिनामा १०७ जना ठगीमा परेकोमा ८ जना महिला रहेका छन् भने ९९ जना पुरुष रहेका छन् ।

यस्तो छ तथ्यांक
आ.व. २२०७६-७७ मा वैदेशिक रोजगारीमा ठगीमा परेका मानिसहरुः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here