सुनको मूल्य बढ्यो, कति छ आज ?

काठमाडौं,२७ कात्तिक । बुधबार सुनको मूल्य बढेको छ।

अघिल्लोे दिनको तुलनामा आज छापावाला सुन प्रतितोला ७१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलवार छापावाल सुन प्रतितोला ७१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज तेजावी सुन प्रतितोला ७१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ७० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here