५ अंकले घट्यो नेप्से, साढे २७ करोडको कारोबार

काठमाडौं, २७ कात्तिक । बुधवार शेयर बजार पुन आरालो लागेको छ । बुधवार नेप्से परिसूचक ४.८० अंकले घटेर १ हजार १ सय ३५.१६ अंकमा झरेको छ ।

बुधवार ‘क’ वर्गका कम्पनीहरुको सूचक सेन्सेटिभ इन्डेक्स पनि ओरालो लाग्यो । सेन्सेटिभ इन्डेक्स १.३९ अंकले घटेर २ सय ५०.१८ अंकमा झर्यो ।

बुधवार अन्य, ट्रेडिङ र फाइनान्स बाहेक अन्य सबै समुहको सूचक घट्यो । सबैभन्दा धेरै ट्रेडिङ समुहको सूचक बढ्यो । ट्रेडिङको सूचक ५.०९ प्रतिशत बढ्यो । त्यस्तै, अन्य समुहको ०.०१ प्रतिशत र फाइनान्सको ०.२ प्रतिशत बढ्यो ।

सबैभन्दा धरै सामुहिक लगानी कोष समुहको सूचक घट्यो । सामुहिक लगानी कोषको सूचक १.२२ प्रतिशत घट्यो । त्यस्तै, उत्पादन समुहको ०.८४ प्रतिशत, जीवन बिमा समुहको ०.८१ प्रतिशत घट्यो भने अन्य समुहको समान्य अंकले घट्यो ।

बुधवार १ सय ५४ कम्पनीको ९ लाख ८ हजार ३ सय ६३ कित्ता शेयर किनबेच हुँदा २७ करोड ५४ लाख २७ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

बुधवार सबैभन्दा धेरै साल्ट ट्रेडिङ कर्पोरेशनका शेयर धनीले कमाए । साल्ट ट्रेडिङको शेयर मूल्य ७.९२ प्रतिशत बढ्यो । त्यस्तै, साविको लघुवित्त वित्तीय संस्थाको ६.४६ प्रतिशत, आँधीखोला लघुवित्त वित्तीय संस्थाको ५.७१ प्रतिशत बढ्यो भने अन्य समुहको सामान्य अंकले बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा नेपाल इन्स्योरेन्स कम्पनीको शेयर धनी रहेका छन् । नेपाल इन्स्योरेन्सको शेयर मूल्य ५.५१ प्रतिशत घट्यो । त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकको ४.३५ प्रतिशत घट्यो भने अन्य समुहको समान्य अंकले घट्यो ।

बुधवार सबैभन्दा धेरै कारोबार गर्नेमा एनएमबी बैंक रहेको छ । बैंकले ३ करोड १२ लाख ९८ हजार रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here