निजी विद्यालयमा लागूऔषध सम्बन्धी सचेतना अभियान

पप्पु गुरुङ्ग

दोधारा २८ कात्तिक । माहाकालीका विद्यालयमाहरुमा लागू औषध सम्बन्धी सचेतना अभियान सञ्चालन गरिएको छ ।

युएनडिपीको सहयोग र संजवनी नेपालको आयोजना तथा ईलाका प्रहरी कार्यालय दोधारा चाँदनी र सनसेट युथ भोलेन्ट्रि ग्रुपको सहकार्यमा उक्त अभियान सञ्चालन भएको हो ।

माहाकाली नगरपालिका २ निजी विद्यालयमा सचेतना अभियान संचालन गरिएको संजवनी नेपालका कार्यक्रम संयोजक अमिर तिरुवाले वताए ।
माहाकाली नगरपालिकाको सनराईज उच्च मावि र एसियन स्टार ईगंलिस बोर्डिङ्ग स्कुलका बिद्यार्थीहरुलाई एक दिने सचेतना कार्यक्रम संचालन गरिएकोे छ ।

कार्यक्रममा एसियन स्टार ईगंलिस बोर्डिङ्ग स्कुलका प्रिन्सपल रामचन्द्र थापा, सनराईज उच्च माविका किशोर कुमार लिम्बु, ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी सहायक निरिक्षक रबिन्द्र धनुष, ट्राफिक प्रहरी जवान श्याम राज भट्ट,संजवनी नेपालका कार्यक्रम संयोजक अमिर तिरुवा, सनसेटका सदस्य खडक रावल, भुपेन्द्र ओली, हेमा धामी लगायतको सहभागिता रहेका थिए ।

विद्यार्थीहरुलाई विभिन्न विषयक,अपराधिक र लागू औषध बारे चेतना दिईएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी सहायक निरिक्षक रबिन्द्र धनुषले बताए् । कार्यक्रममा बिद्यालय शिक्षक, बिद्यार्थी, अभिभावक, बिद्यार्थी ब्यवस्थापन समिति र शिक्षक अभिभावक संघ पदाधिकारीको समेत सहभागिता रहेको थियोे ।

‘समुदाय–प्रहरी साझेदारी’ अभियान समय सापेक्ष सान्दर्भिक, फलदायी र शान्ति सुरक्षाका दृष्टिले उत्तम भएको कार्यक्रमका सहभागीले बताएका छन् । ‘समुदाय–प्रहरी साझेदारी’ लाई संजवनी नेपालले बेलाबखत सघाउदै आएको हो ।

वालवालिकाहरु साथी भाईको लहैलहैमा लागेर कैयौं विद्यार्थीले आफ्नो भविष्य बर्बाद गरेको भन्दै लागु औषधको दुव्र्यसनबाट टाढै रहन सबैलाई अनुरोध गरिएको छ् ।

माहाकाली नगरपालिका क्षेत्रमा बिद्यार्थीहरुमा लागु औषध सेवन गर्ने प्रबृती पछिल्लो समय आएर बृद्धि हुदै आएको बताउदै माहाकाली नगरपालिका क्षेत्रमा बिद्यालय स्तरिय सचेतना कार्यक्रम संचालन गर्नु परेको बताईएको छ् ।

माहाकाली नगरपालिका क्षेत्रमा अपराध रोकथाम, समुदाय सुरक्षा र सचेतना, शान्ति र सुव्यवस्था गर्न विद्यालय सचेतना कार्यक्रम संचालन गरिएको संजवनी नेपालका कार्यक्रम संयोजक अमिर तिरुवाले बताएका छन् ।

कार्यक्रमको सनराईज उच्च माबिका किशोर कुमार लिम्बुले युवाहरु समाजिक क्षेत्रमा सहभागिता बढाउनु पर्ने, समुदायमा सुरक्षा प्रबद्र्धनका लागी सुरक्षा निकायलाई सबै तह–तप्काबाट सहयोग गर्नु पर्ने जसले गर्दा समुदायमा रहेका युवाहरुको युवा अभियानमा सक्रियता बढने र उनीहरु कुलत लगाएत हिंसात्मक गतिबिधिहरुमा संलग्नमा न्युनीकरण हुने भनाई राखेका थिए ।

ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी सहायक निरिक्षक रबिन्द्र धनुषले कुनै पनि समयमा नेपाल प्रहरीले घरमै आई सेवा दिने बच्चा समेत दिएका छन् ।

उनले समुदायको सुरक्षाका लागी नेपाल प्रहरी लागी परेको बताउदै समस्या आएमा आफुलाई प्रत्यक्ष रुपमा समेत फोन गरी जानकारी गरि सहयोग गर्न समेत अनुरोध गरेका थिए ।

माहाकाली नगरपालिका क्षेत्रमा युएनडिपीको समाजिक सदभाव तथा लोकतान्त्रिक सहभागिता कार्यक्रमको सहयोग र संजीवनी नेपालले दोधारा चाँदनी क्षेत्रमा युवाहरुको सहभागितामा बिभिन्न अभियानहरु संचालन गर्दै आईरहेका छन ।

खासगरी युवाहरुलाई सबै तहतप्कामा पहुच अभिबृद्धि गर्ने, सु–ससान, समाजिक सदभाव, सुरक्षा प्रर्बधन, सुचना प्रबद्र्धन बिपद्का लागी सहयोग सामग्री तथा युवा अभियान प्रहरी साँझेदारी कार्यक्रम लगाएत क्षेत्रमा काम गर्दै आईरहेको संजीवनी नेपालले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here