प्रतितोला ६०० ले बढ्यो सुनको भाउ, चाँदीको पनि बढ्यो

काठमाडौं, २८ कात्तिक । विहिवार छापावाल सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ ।

बुधबार प्रतितोला ७१ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन एकैदिन ६ सय रुपैयाँले बढ्दै प्रतितोला ७२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

त्यस्तै विहिवार तेजावी सुनको मूल्य पनि प्रतितोला ६ सय रुपैयाँले बढ्यो । बुधवार ७१ हजार १ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य विहिवार ६ सय बढ्दै ७१ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै बुधवार चाँदीको मूल्य पनि १० रुपैयाँले बढ्यो । बुधवार प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्यमा विहिवार १० रुपैयाँ बढ्दै प्रतितोला ८ सय ६० रुपैयाँ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here