उद्योगपति रुप ज्योति पक्राउ विरोधमा उद्योग वाणिज्य संघ काठमाडौंको विरोध

काठमाडौं,कार्तिक २८ । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले उद्योगपति रुप ज्योतिलाई पक्राउ गरिएको विरोधमा आन्दोलन गरेको छ ।

संघले विहिबार विहान जुद्ध सालिक, नयाँ सडकबाट चरणबद्ध विरोधको कार्यक्रमहरु आयोजना गरेको हो ।

विरोध कार्यक्रममा उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठ,उधोग वाणिज्य महासंघ, ३ नम्बर प्रदेशका अध्यक्ष दिनेशलाल श्रेष्ठ, नेपाल अटोमोबाइल्स डिलर्स एसोसियसन (नाडा) का उपाध्यक्ष कृष्ण दुलाल, कर्पोरेट ग्रुप अफ कम्पनीका अध्यक्ष उज्ज्वल जंग शाह लगायत अन्य व्यवसायीहरुको सहभागिता रहेको थियो । विरोध कार्यक्रममा पाँच सय जना व्यवसायीहरुको सहभागिता रहेको थियो ।

दुई पक्ष बीचको व्यवहारिक कारोबारमा भएको असहमती र विवादलाई दुई पक्षबीच सरकारी वा अदालती रोहबरमा राखी समाधान खोज्न सक्ने अवस्था हुँदा हुँदै हिरासतमा राखिनु गलत भएको विरोधमा उपस्थित सहभागीहरुले जनाएका छन् । व्यवसायीहरुले उनको शिघ्र रिहाइको माग गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here