हिमाल आरोहणमा जाँदै हुनुहुन्छ ? सरकारले तोक्यो नयाँ मापदण्ड

काठमाडौं, ७ चैत । हिमाल आरोहणमा जादाँ पर्वतारोहीले लैजाने अक्सिजन सिलिण्डर सम्बन्धमा सरकारले नयाँ मापदण्ड तोकेको छ ।

उक्त मापदण्ड यसै सिजनबाट लागु हुने पर्यटन विभागले जानकारी दिएको छ । मापदण्ड लागु भए नभएकोबारे विभागले टोली खटाएर अनुगमन समेत गर्ने स्पष्ट पारेको छ ।

यस्तो छ मापदण्ड 

  • पर्वतारोहणका क्रममा पप्रयोग गरिने अक्सिजन सिलिण्डर युरोपेली र अमेरिकी मापदण्ड बमोजिमको हुनुपर्ने
  • पर्वतारोहणका क्रममा प्रयोग गरिने अक्सिजन सिलिण्डर १० वर्षभन्दा पुरानो हुन नहुने
  • प्रयोग गरिएको प्रत्येक सिलिण्डर हरेक २ वर्षमा मर्मत गरिएको हुनुपर्ने
  • प्रयोगका लागि तयार अक्सिजन सिलिण्डरले कम्तिमा १० घण्टासम्म पुग्नु पर्ने
  • सिलिण्डरमा भरिने वा भएको अक्सिजन सुख्खा हुनुपर्ने
  • मिति नाघिसकेको अक्सिजन प्रयोग भएको पाइएमा कारवाही हुने हुँदा नयाँ सिलिण्डरले पुराना तथा म्याद गुज्रेका सिलिण्डर प्रतिस्थापन गर्नुपर्ने
  • प्रचलिन मूल्यभन्दा बढी मूल्यमा अक्सिजन बिक्रीवितरण गरेको गुनासो भएमा वा अनुगमनबाट देखिएमा कारवाही हुने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here