क्यान महासंघको निर्वाचन: सुनैना प्यानलको उम्मेदवारी घोषणा

काठमाडौं,३० कात्तिक । कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघ आगामी मंसिर ७ गते हुने १३ औं कार्यसमितिको चुनावको लागि सुनैना घिमिरे पाण्डेले उम्मेदवारी घोषणा गरेकी छिन् ।

राजधानीमा आयोजित कार्यक्रममा क्यान महासंंघका पूर्व अध्यक्ष, संस्थापक, वर्तमान अध्यक्ष तथा वर्तमान कार्यसमितिका पदाधिकारीहरू उपस्थितमा घिमिरे आफ्नो प्यानल सहितको उम्मेवारी घोषणा गरेकी हुन् ।

घोषणासभामा बोल्दै अध्यक्षका प्रत्यासी पाण्डेले आफूले क्यानलाई सूचना प्रविधिको क्षेत्रमा ससक्त, सबल र अनुसन्धानमुलक संस्थाको रुपमा अगाडि बढाउने बताइन् ।

केही दिन अघि नै नवराज कुँवरको प्यानलले सोही निर्वाचनको लागि उम्मेदवारी घोषणा गरेको थियो ।

क्यान महासंघ अन्र्तगतका केन्द्र तथा जिल्ला शाखाहरुमा रहेका विषयगत, संस्थागत तथा व्यक्तिगत सदस्यहरुको हक अधिकार सुनिश्चित गर्ने तथा सदस्यहरुको समान हैसियत स्थापना गर्न विधान संसोधन गर्ने पाण्डेको एजेन्डा रहेको छ ।

यस्तै, क्यान महासंघको आर्थिक रुपमा सक्षम बनाउने तथा स्रोत पहिचान गर्ने, सूचना तथा संचार प्रविधिको विकास गर्ने, तथ्याङ व्यवस्थापन गर्ने, आधुनिक प्रविधिको प्रयोगमा जोड दिने तथा प्रदेश कार्यालयसम्म भवन निमार्णमा जोड दिने एजेण्डा रहेका छन् ।

टिम सुनैनाको तर्फबाट उम्मेदवारहरु यस प्रकार रहेका छन् ।

अध्यक्ष
सुनैना घिमिरे पाण्डे

संस्थागत आजिवन सदस्यतर्फ
विक्रम सिंह, टिम एसिया नेपाल प्रालि
ई. समीर प्रधान, सिल्भरक्रेष्ट नेटवक्र्स प्रालि
अहमद खान, एप्टेक कम्प्यूटर एजुकेसन प्रालि

संस्थागत सदस्यतर्फ
विश्वराम बलामी, स्वस्तिक डिस्ट्रिब्युसन प्रालि
अरुण वंशल, हाई–टेक ईन्जिनियरिङ प्रालि
उमेश रघुबंशी, ईन्फो डेभलपर्स प्रालि
रञ्जितकुमार पोद्दार, साथी ट्रेडिङ्ग ईन्टरनेशनल प्रालि
बुद्धरत्न मानन्धर, यु–सफ्ट कम्प्यूटर प्रालि
सरिता सिंह कायस्थ, ओसियन कम्प्यूटर प्रालि
नुच्छे महर्जन, नेसनल कम्प्यूटर वल्र्ड प्रालि

व्यक्तिगत आजिवन सदस्यतर्फ
हेमपाल श्रेष्ठ
सुमनलाल प्रधान
ई. अमीत अग्रवाल

व्यक्तिगत सदस्यतर्फ
रेगबहादुर भण्डारी
चन्द्रविलास भुर्तेल
ई. गुण केशरी प्रधान
ई. वसन्त लिङ्गथेप
डा.श्रीधर मरासिनी
रुपेश भक्त श्रेष्ठ
सुष्मा शर्मा

प्रादेशिक सदस्य समुह सदस्यतर्फ
प्रदेश १
ठाकुर कुमार श्रेष्ठ– सुनसरी
भुपेन्द्र मैनाली– झापा

प्रदेश २
जितेन्द्र रौनियार– रौतहट
सरोज बाबु न्यौपाने – सर्लाही

प्रदेश ३
श्यामकल श्रेष्ठ– मकवानपुर
जयराम हुमागाई– काभ्रे

गण्डकी प्रदेश
जगनबहादुर गुरुङ– कास्की
कृष्ण पौडेल(कुमार)– बाग्लुङ

कर्णाली प्रदेशः
पुर्णदेव अधिकारी– सुर्खेत

सुदुर पश्चिम प्रदेशः
मनोहरकुमार श्रेष्ठ– कैलाली
खेमराज ढुङ्गाना– अछाम

लेखा समिति सदस्यतर्फः
राजु कट्टेलः व्यक्तिगत समुहबाट
केशव भट्टराईः संस्थागत समुहबाट
नारायण क्षेत्रीः जिल्ला शाखा समुहबाट

यस्ताे छ घाेषणापत्र
सूचना तथा संचार प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ र व्यवसायीहरुको छाता संगठन कम्प्युटर एसोसिएसन नेपाल (क्यानमहासंघ) को केन्द्रीय महाधिवेशनको संघारमा छाैं। क्यान महासंघको भूमिकालाई सशक्त र प्रभावकारी बनाइ महासंघमा आवद्ध हामीहरुको समग्र हित सुनिश्चित गर्न यो महाधिवेशन सर्र्वािधक महत्वपूर्ण रहेको छ । महाधिवेशनबाट तय हुने सही नीति र नेतृत्वले क्यान महासंघको भविष्य उज्ज्वल बनाउँदै सूचना प्रविधिको माध्यमबाट समृद्ध नेपाल निर्माणका लागि अग्रणी भूमिका खेल्न सक्दछ ।

संचार प्रविधिको क्षेत्रमा नेतृत्व गर्ने देशको सशक्त प्रतिनिधिमूलक संस्थाको रुपमा उभ्याउँदै क्यान महासंघलाई आबद्ध सदस्यहरुको हकहित र अधिकारलाई सुनिश्चित गर्न हामी स्पष्ट योजना र सक्षम नेतृत्व सहित चुनावी मैदानमा उत्रिएका छौं । नेपाल सरकारको लक्ष्यलाई आफ्नो उद्देश्यमा समावेश गरी “समृद्ध नेपाल सुखी नेपाली पाराैं साकार, डिजिटल नेपाल बनाऔं यसको मूल आधार”भन्ने मूल नाराका साथ आगामी क्यान महासंघको निर्वाचनपश्चात तपशिल बमोजिमका कार्यहरु गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं ।

१. क्यानम हासंघ अन्तर्गत केन्द्र तथा जिल्ला शाखाहरुमा रहेका विषयगत, संस्थागत तथा व्यक्तिगत सदस्यहरुको हक, अधिकार सुनिश्चित गर्न सबै प्रकारका सदस्यहरुको समान हैसियत स्थापना गर्न विधानलाई पूर्ण महासंघीय अवधारणा अनुरुप हुने गरी आवश्यक संशोधन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने । क्यान महासंघको केन्द्र, प्रदेश र जिल्लाहरुलाई आर्थिक रुपमा सक्षम बनाउन आर्थिक स्रोतहरुको पहिचान गरी विभिन्न योजनाहरु तथा कार्यक्रमहरु संचालन गर्ने ।

२. सूचना तथा संचार प्रविधिको विकास, प्रवद्र्धन तथा आर्थिक समृद्धिको संवाहक बनाउनका लागि नेपाल सरकारका संघ, प्रदेश तथा स्थानीय सरकारी निकायसंग समन्वय गरी सो सम्बन्धि ऐन, कानून, नीतिनिर्माणमा सहयोग गर्ने ।

३. सूचना तथा संचार प्रविधिको विकासका लागि सरकारी निकायसंग समन्वय गरी राष्ट्रिय नीति निर्माणमा सहयोग गर्ने ।

४. सूचना तथा संचार प्रविधि सम्बन्धि उद्योगका र सेवाहरुलाई नेपाल सरकारको प्राथमिकता क्षेत्रका रुपमा सुचिकृत गर्न आवश्यकपहल गर्ने ।

५. सूचना तथा संचार प्रविधि सम्बन्धि पेशा, व्यवसाय, उद्योगका तथ्यांकहरु व्यवस्थित गरी साझा हकहितका लागि कार्य गर्ने वातावरण तयार गर्ने ।

६. आधुनिक नवीनतम प्रविधिको प्रयोगमार्फत क्यान महासंघका सबै सदस्यहरूको सदस्यताको विवरण, नवीकरण तथा प्रोफाइलिङको लागि अनलाईन पोर्टललाई व्यवस्थित गर्ने ।
७. क्यान महासंघमा आवद्ध भएका सबै नयाँ पुराना सदस्यहरुलाई सूचना प्रविधिले तय गरेका राष्ट्रिय तथा अन्तराष्ट्रिय अवसरहरूमा पहँुच प्रदान गर्ने तथा अग्रज सदस्यहरुलाई साथ लिएर यस संस्थाको गरिमालाई उच्च राख्न पहल गर्ने ।

८. क्यान महासंघले .सुरु गरेको महासंघको आफ्नै भवन निर्माणको अभियानलाई पूर्णता दिदै प्रदेश कार्यालयको तहसम्म सो अभियान सुरु गर्ने ।

९. क्यान महासंघलाई गैह्र राजनैतिक संस्थाको रुपमा सुरक्षित राख्दै सूचना प्रविधिको विषयमा छलफल, बहस र समस्या समाधान गर्ने पेशागत र व्यावसायिक संस्थाको रुपमा विकास गर्ने । साथै क्यान महासंघ र व्यवसायीहरुको वीचमा निरन्तर अन्तर सम्वाद गर्न कन्सल्टिङ नोटिस बोर्ड स्थापना गर्ने ।

१०. क्यान महासंघलाई सूचना तथा सञ्चार प्रविधिमा नेपालको एक मात्र सर्वोच्च संस्थाको रुपमा स्थापित गरी संस्थामा आवद्ध व्यावसायीहरुको व्यवसायलाई प्रबद्र्धन गर्ने, पेशागतहक,हित र व्यापारलाई सहजीकरण गर्न नेपाल सरकार र सम्बन्धित निकायहरुसँग आवश्यक समन्वय गर्ने ।

११. Asocio,Witsa तथा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरका सूचना तथा संचार प्रविधि सम्बन्धी संघ संगठनहरुसंगको सम्बन्धलाई थप प्रभावकारी बनाउनुका साथै समान उद्देश्य भएका अन्य संस्थाहरुसंग समन्वय गरी सूचना प्रविधिको क्षेत्रमा वैदेशिक लगानी भित्र्याउन पहल गर्ने । नेपाल सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० लाई सूचना प्रविधि मैत्री बनाउन पर्यटन बोर्डसँग आवश्यक समन्वय गरी पूर्ण रुपमा सफल पार्न सहयोग गर्ने ।

१२. नयाँ उद्यमीलाई सूचना तथा संचार प्रविधि उद्योगमा स्थापित गर्न प्रोत्साहन गर्ने र उत्कृष्ट स्टार्टअप कम्पनीहरूलाई प्रोत्साहन तथा सम्मानका कार्यक्रमहरु ल्याइने छ।

१३. नेपालमा सूचना तथा संचार प्रविधि शिक्षा, सफ्टवेयर तथा हार्डवेयर उद्योगलाई प्रवद्र्धन तथा संरक्षण गर्न औद्योगिक वातावरण सिर्जना गरी यस क्षेत्रमा सन् २०२४ सम्म ५ लाख सम्म रोजगारी बढाउन यथोचित भूमिका निर्वाह गर्ने ।

१४. नेपालमा सूचना तथा संचार प्रविधिको विकास, विस्तार र यसलाई देश विकासको औजारको रुपमा व्यवस्थित गर्न सूचना प्रविधि बोर्ड गठन गर्न पहल गर्ने ।

१५. सूचना तथा संचार प्रविधि क्षेत्रका ग्रयाजुएट, प्राज्ञिक तथा पेशाकर्मीहरुको सीप,क्षमता र ज्ञानको उच्चतम तथा प्रभावकारीढंगबाट परिचालनका लागि आईसिटी काउन्सील स्थापना गर्न आवश्यक भूमिका निर्वाह गर्ने ।

१६. क्यान महासंघको केन्द्र, प्रदेश र जिल्ला शाखाहरुलाई आधुनिक प्रविधिमा स्तरोन्नती गर्दै स्मार्ट क्यान बनाउने । यसै क्रममा अनलाइन भोटिङको व्यवस्था, आइटी डाइरेक्टोरी पोर्टलको संचालन, ICT Research and Journal Portal संचालन साथै नेपाल सरकारको Digital Nepal Framework अभियान साकार पार्न क्यान महासंघ मार्फत् सक्रिय भूमिका निर्वाह गर्ने ।

१७. विश्वबजारका प्रतिस्पर्धी सूचना तथा संचार प्रविधिका जनशक्ति तयार गर्न विश्वविद्यालय, अनुसन्धान केन्द्र तथा तालिम केन्द्रहरूसँग समन्वय गरी इन्डस्ट्री र एकाडेमियाबीचको खाडल घटाउन र job readiness जनशक्ति तयार गर्न फिनसिङ स्कुलकाे अवधारणा सिर्जना गर्ने । साथै ICT Graduate हरुका लागि ICT Job Portal तथा Internship Exchange Program सञ्चालन गर्ने ।

१८. सूचना तथा संचार सम्बन्धी नवीनतम प्रविधिलाई प्रयोग गर्दै दीगो विकासको लक्षलाई कार्यान्वयन गर्नको लागि सहयोगीको भूमिका निर्वाह गर्ने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here