माहाकालीमा नगर स्तरिय फुटबल प्रतियोगिता सञ्चालन हुँदै

दोधारा, १ मंसिर । माहाकालीमा नगर स्तरिय फुटबल प्रतियोगिता हुने भएको छ् । माहाकाली नगरपालिका अन्तर्गत रहेको माहाकाली नगरपालिका नगर स्तरिय खेलकुद समितिले जनाएको छ् ।

यहि मंसिर १० गते देखी वडागत नगर स्तरिय फुटवल प्रतियोगिता संचालन हुने माहाकाली नगरपालिका अन्तर्गत रहेको नगर स्तरिय खेलकुद समितिका संयोजक लोक बहादुर चन्दले जनाएका छन् ।

माहाकाली नगरपालिका अन्तर्गत रहेको नगर स्तरिय खेलकुद समितिको बैठकले आउदो १० गते देखी वडागत नगर स्तरिय फुटवल प्रतियोगिता संचालन गर्ने निर्णय गरिएको संयोजक चन्दले बताएका छन् ।

‘यस आर्थिक वर्षको लागी संचालन हुने खेलकुद सम्बन्धमा आउदो १० गते देखि यस माहाकाली नगरपालिका नगर स्तरिय वडागत फुटवल प्रतियोगिता फुटवल प्रतियोगिता संचालन गर्ने निर्णय सम्मतीबाट पारित गर्नुको साथै यस नगरपालिकामा रहेका सम्पुर्ण वडाहरुलाई आफ्नो टिम अनिवार्य उपस्थित गराईदिनहुन निर्णय गरिएको छ’ माहाकाली नगरपालिका अन्तर्गत रहेको नगर स्तरिय खेलकुद समितिको बैठकको निर्णयमा भनिएको छ् ।

माहाकाली नगरपालिका वडा नं. ७ कञ्चनभोजमा रहेको एक सामुदायिक बन क्षेत्रमा माहाकाली नगरपालिका वडागत नगर स्तरिय फुटवल प्रतियोगिता संचालन गर्ने योजना बनाएको बताईएको छ् । माहाकाली नगरपालिकाको बाबाथानमा रहेको लक्ष्मी माबिको प्रांगणमा भवन निमार्णको कारण खेलमैदान असजिलो भएको कारण कञ्चनभोजमा रहेको एक सामुदायिक बनमा फुटवल प्रतियोगिता संचालन गर्ने योजना रहेको हो ।

खेल मैदान कुन प्रयोग गरिने भन्ने बिषयमा भने माहाकाली नगरपालिका अन्तर्गत रहेको नगर स्तरिय खेलकुद समितिले आधिकारिक धारणा दिएको छैन् ।

माहाकाली नगरपालिका अन्तर्गत रहेको नगर स्तरिय खेलकुद समितिको बैठकले यस आर्थिक वर्षमा मेयर कपमा क्रिकेट, भलिवल, ५ किलोमिटर दौड यस्तै उपमेयर कपमा फुटवल, बैडमिन्टन, कराते प्रतियोगिता संचालन गरिने निर्णय गरेको छ् ।

माहाकाली नगरपालिका अन्तर्गत रहेको नगर स्तरिय खेलकुद समितिको प्रथम बैठकले नगर खेलकुद समिति मनोनय गरेकोमा स्थानिय राजनितिक दल, बुद्धिजीवी, समाजसेवी तथा कार्यपालिका बैठकका सम्पुर्ण पदाधिकारीहरुलाई बिशेष धन्यबाद समेत दिएको माहाकाली नगरपालिका अन्तर्गत रहेको नगर स्तरिय खेलकुद समितिले जनाएको छ् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here