चर्चित क्रिकेटर सचिन तेन्दुलकरले भेटे प्रधानमन्त्री ओली

काठमाडौं, १ मंसिर । चर्चित भारतीय क्रिकेटर सचिन तेन्दुलकरले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटे गरेका छन्।

ओलीलाई भेट्न तेन्दुलकर आइतबार बालुवाटार पुगेका थिए । भेटघाटको फोटो ओलीले ट्वीटमार्फत सार्वजनिक गरेका हुन् ।

युनिसेफको ब्रान्ड एम्बेसडरका रुपमा तेन्दुलकर शुक्रबार नेपाल आएका हुन् । उनले शनिबाबार त्रिवि क्रिकेट मैदानमा बालबालिकाहरुसँग क्रिकेट पनि खेलेका थिए । आइतबार बिहान उनले पशुपति दर्शन गरेका थिए। उनी आज नै भारत फर्कने तय भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here