क्लाउड कम्प्युटिङ प्रशिक्षण र प्रमाणीकरणका लागि काठमाडौंका चार कलेजहरूसँग जेनेसको सहकार्य

काठमाडौं, १ मंसिर । जेनेस सोलुसनले काठमाडौंका चार कलेजहरूसँग क्लाउड कम्प्युटिङ प्रशिक्षण र विद्यार्थीहरूको प्रमाणीकरणका लागि साझेदारीसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेको छ ।

जेनेस क्लाउड एकेडेमीका शैक्षिक कार्यक्रम प्रमुख निरञ्जन उदास र नेसनल कलेजका शैक्षिक निर्देशक नवराज हेका, नेसनल कलेज अफ इन्फरमेसन टेक्नोलोजी (एनसीआईटी)का प्रिन्सिपल निरञ्जन खकुरेल, भिरिञ्ची कलेजका निर्देशक प्रदीप पन्त तथा टेक्सास कलेज अफ म्यानेजमेन्ट एन्ड आइटीका प्रमुख कार्यकारी अधिकृत भेषराज पोखरेलले काठमाडौंमा आयोजित एक समारोहमा यससम्बन्धी सहकार्य सम्झौतामा हस्ताक्षर गरे ।

जेनेसले हालैमात्र नेपालमा उद्योगमुखी क्लाउड कम्प्युटिङ प्रशिक्षणहरू र अमेजनको जब पोर्टलमार्फत विश्वव्यापी रोजगारीमा पहुँचका लागि लोकप्रिय अमेजन वेब सर्भिस (एडब्लूएस) एजुकेट प्रोग्राम आरम्भ गरेको छ ।

उल्लेखित कलेजहरू नेपालका विभिन्न सहरहरूका छानिएका २५ भन्दा बढी शैक्षिक प्रतिष्ठानहरू मध्येका ४ हुन् ।

अनलाइन प्रशिक्षण र व्यक्तिगत अध्यापनको मिश्रित विधि उपयोग गर्दै, प्रशिक्षक प्रशिक्षणका माध्यमबाट शैक्षिक प्रतिष्ठानहरूको दिगो रूपमा क्षमता र स्तरोन्नति गदै जेनेसले यस्ता कार्यका लागि तैयार जनशक्ति निर्माण गर्ने लक्ष्य लिएको बताएको छ ।

सीपमूलक प्रशिक्षणमा एप्लिकेसन डेभलपर, क्लाउड सपोर्ट इन्जिनियर, क्लाउड सपोर्ट एसोसियट, साइबर सेक्युरिटी स्पेशलिस्ट र डाटा इन्टिग्रेसन स्पेशलिस्ट, आर्टिफिसियल इन्टिेलिजेन्स एन्ड मेसिन लर्निङ डेभलपर, आईओटी डेभलपर, डिजिटल मार्केटर, बिजनेस एनालिसिस्ट आदि पदीय भूमिकालाई समेटिन्छ ।

प्रशिक्षणमा सहभागी विद्यार्थीहरूलाई विश्वबजारमा उपलब्धस्वतन्त्र र अनलाइन जागिर प्रदान गर्ने ४,००० भन्दा बढी रोजगारदातासम्मको पहुँच हुने गरि एडब्लूएस एजुकेट्सको जब पोर्टलसँग आवद्ध गराईने बताईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here